
सिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क बाट सुरुवात भयको उक्त शान्ति पदयात्रामा करिब २ सयको हाराहारीमा जापानबासी नेपालीहरुले उपस्थित जनायका थिए I पद यात्रामा सहभागी हुन साना साना नानी बाबु देखि जापानमा भएका विभिन्न सङ्ग संस्थामा समेत आबद्द भएका व्यक्तित्वहरु,नेपालका ख्याती प्राप्त कलाकार कोमल ओली र मनोज गजुरेल तथा सर्बसाधारण ब्यतिहरु र अल्प संख्यामा जापानीहरु समेत उत्साह जनक रुपमा सहभागी भएका थिएI
नेपाल जापान युथ क्लब र वि फर अल नामक दुई संस्थाको संयुक्त आयोजनामा गरिएको शान्ति पदयात्राको मूल उदेश्य भनेको भगवान सिद्दार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिनु भएको हो अन्य देशमा होइन भनेर जापानी समाज र जापानमा भएका अन्य देशका व्यक्तिहरु माझ चिनाउनु हो I
आजको पदयात्रामा विभिन्न जातजातिको आ आफ्नै सस्कृति झल्किने भेष भुषामा सजिएका व्यक्तिहरु नि प्रशस्तै देखियो Iपदयात्रामा "Buddha was born in Nepal "लेखिएका ब्यानर र प्ल्ये कार्ड बोकेर नारा लगाईएको थियो I नेपाली रास्ट्रिय झन्डा,शान्तिको प्रतिक झन्डा टोकियोको मुख्य सडकमा राम्रै संग फरफरायो I
"Buddha was born in Nepal" र "Peace for Lumbini" भन्ने नाराको साथ साथै "हाम्रो बुद्ध,हाम्रो देश,प्राण भन्दा प्यारो छ" भन्नि नारा पनि पदयात्रामा गुञ्जियो I
पद यात्रामा जापानमा नेपालीहरु माथि पर्ने बिभिन दुखद समस्याहरुको लागि आपतकालीन कोषको निमित स्वोइच्छा बमोजिम रकम सहयोग पनि गरेका देखिन्थे I
यसरि सिबुयाको मुख्य सडकहरु पार गर्दै करिब डेढ घन्टाको यात्रा पश्चात उही मियाशिता पार्कमा आई शान्ति पदयात्रा स्थगित भएका थिए I



























No comments:
Post a Comment