Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts

Wednesday, September 3, 2014

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अन्य राजनीतिक दल का नेता हरु ले गरे बागमती मा रिवर राफ्टिंग ......

मन्त्री,सरकारी अधिकारी र अन्य राजनीतिक दल का नेता हरु द्वारा बागमती नदी मा राफ्टिंग गरे | जनमानसमा बागमती नदी लाई सफा राख्ने जागरूकता जगाउन यही हप्ता को मंगलबार , सेप्टेम्बर २ तारिकका दिन बागमती मा राफ्टिंग प्रोग्राम  राखिएको थियो  |

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सहरी विकास मन्त्री नारायण खड्का, कानुन मन्त्री र न्याय नरहरि आचार्य र मुख्य सचिव लीला मणि पौडेलको सहभागिता मा गोथर देखि  पसुपति  मन्दिर क्षेत्र सम्म रिवर राफ्टिंग राखिएको थियो |

थप जानकारी वीडियो मा हेर्नुहोस




Wednesday, May 21, 2014

हिमाल पारिको जिल्ला मुस्ताङमा सुरु भयो मुस्कान सहि...


हिमाल पारिको जिल्ला मुस्ताङमा पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा मुस्कान सहितको प्रहरी सेवा सम्बन्धी दुई दिने अनुशिक्षण तालिम शुरु भएको छ । बुधवारदेखि देशब्यापी रुपमा सुरु भएको अनुशिक्षण तालिम अन्तर्गत हिमाल पारिको जिल्लामा पनि तालिमको शुरुवात भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको अनुशिक्षण कार्यक्रमको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बावुराम भण्डारीले उद्घाटन गर्दै भ्रष्ट्राचार न्यूनीकरण गर्दै सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्नुनै मुस्कान सहितको प्रहरी सेवा भएको वताउनुभयो ।
प्रहरी प्रशासनले जनतासंग मिलेर कुनैपनि घटनाको समयमानै सत्य तथ्य पत्ता लगाई घटनामा संलग्न पिडितलाई न्याय र पिडकलाई दण्ड दिनुनै आजको मुख्य काम भएकाले त्यस कार्यमा सहयोग पु¥याउन स्थानियहरुले पनि सहयोग गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा वोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रकी सुनकुमारी रसाईलीले जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा ढिलै भएतापनि सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना गरी समाजमा लुकेर रहेका बिभिन्न किसिमका घटनाहरुलाई प्रहरीको सहयोगबाट सुल्झाउन सहयोग पुगेकोमा खुसी ब्याक्त गर्नुभयो । उहांले मुस्कान सहितको प्रहरी सेवा कार्यक्रमले प्रहरीलार्ई अझै थप जिम्मेवारी थपिएकोले आफ्नो जिम्मेवारी बहन गरी सर्वसाधारण जनतालाई न्याय प्रदान गर्नमा यस्ता कार्यक्रमले टेवा पु¥याउने वताउनुभयो ।
त्यसैगरी नागरिकसमाज तथा रेडक्रस सभापति चन्द्र बहादुर थकालीले प्रहरी प्रधान कार्यालयले मुस्कान सहितको कार्यक्रम ल्याएर अनुशासन भन्दा बाहिर गएका प्रहरीहरुलाई अनुशासनको दायरामा ल्याउने वताउदै प्रहरी प्रशासनमा अझैपनि भौतिक संरचनाहरु पूर्ण रुपमा नरहेकाले त्यसप्रति गृह मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा उपस्थित लाई प्रशिक्षण दिदै मुस्ताङ जिल्लाका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले प्रहरी जवानहरुले मुस्कान सहितको प्रहरी सेवा भनेर मुसुक्क हास्ने मात्र नभइ सेवाग्राहीलाई सहज ढंगले सेवा दिनुपर्नेमा जोड दिनुभयो । हिमाल पारिको बिकट जिल्ला भएकाले दुइदिने प्रशिक्षण कार्यक्रम दुइदिनमात्र सिमित नगराई जिल्लाभरिका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाइ आगामी जेठ २९ गते सम्म मुस्ताङका सम्पूर्ण प्रहरी इकाइहरुमा पुगी प्रशिक्षण दिइने कार्यक्रम रहेको वताउनुभयो । मुस्ताङ जिल्लामा २ सय ७७ जना प्रहरी कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।



104 more new peaks in Nepal opened for mountaineering.














Government of Nepal on Wednesday (may 21) announced the opening of 104 new  peaks for mountaineering .According to tourism industry division of the Ministry of Tourism and Civil Aviation, has decided to promote mountains less than 5,800 meters as trekking peak, and has stated that "there is no need to obtain climbing permit to all peaks below 5,800 m".
Now, with the addition of 104 peaks,414 mountains are open for mountaineering in Nepal.





Popular Posts