Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, May 19, 2014

नेपालका जेलमा २९ देशका ८५० बिदेशी कैदी

  नेपालका ३६ जेलमा २९ देशका नागरिक छन् । कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ जेलमध्ये ३६ जेलमा आठसय ५० विदेशी कैदी छन् ।
कैदीबन्दीमध्ये सबैभन्दा बढी भारतीय छन् । विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन् । त्यस्तै भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफि्रका, नेदरल्यान्ड, इरान, जाम्बिया, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, सियरालियोन, अस्टि्रया, फिलिपिन्स र मोजाम्बिकका नागरिक नेपालको जेलमा रहेको नयाँ पत्रिकामा खबरछ ।
अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्विटजरल्यान्ड, आइभरी कोस्ट, माली, तान्जानियाँ, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालको जेलमा परेका छन् ।
भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना नेपालको जेलमा छन् । नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटकपटक फक्राउ परी जेलमा जाने गरेका छन् । तेस्रोमा चिनियाँ रहेका छन् । नेपालमा विभिन्न सातवटा जेलमा ३४ जना चिनियाँ नागरिक छन् । डलर, वन्यजन्तु सम्बन्धी अपराध र कल बाइपासजस्ता अपराधमा चिनियाँ पक्राउ पर्ने गरेका छन् ।





No comments:

Post a Comment

Popular Posts