Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

विश्वकप फुटबल भव्य समारोहबीच उद्घाटन; विरोध प्रदर्शन जारी

ब्रासिलिया:-ब्राजिलको साओ पाओलो स्टेडियममा गएराति भब्य समारोहकाबीच विश्वकप फुटबल खेलको सुरुवात भएको छ ।
स्थानीय समयअनुसार बिहीबार अपरान्ह विश्वका खेलप्रेमीहरुको सबैभन्दा चर्चित प्रतिश्पर्धाका रुपमा रहेको फुटबलको उद्घाटन गरिएको हो ।
विश्वकप फुटबलको २० औँ संस्करणको सुरुवात विश्वकप धेरै पटक जितेको राष्ट्र ब्राजिलमा नै भएको छ । यस पटक पनि उसको विजय सम्भावित नै देखिन्छ ।
करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ ।
सो प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् । निकै आकर्षक रुपमा सजाइएको एक भब्य समारोहकाबीच विश्व चर्चित गायकहरुले गीत गाएर त्यसको उद्घाटन गरिएको थियो ।
तर सो समारोहमा औपचारिक भाषणको कार्यक्रम भने राखिएको थिएन । उक्त रङ्गशालामा करिब ६५ हजार दर्शकको क्षमता रहेको भए पनि हिजो भने आधाभन्दा पनि कमैमात्र पाहुना त्यहाँ पुगेका थिए ।
विरोध प्रदर्शन जारी
उता यो विश्वकप आयोजक राष्ट्र ब्राजिलमा त्यहाँका विपक्षी दलहरुले विरोध प्रदर्शनलाइ भने निरन्तरता दिएका छन् । विपक्षीहरुले सो खेलको आयोजना महँगो भएको र त्यसले देशलाई केही पनि नदिने तर्क अघि सारिरहेका छन् ।
विपक्षीहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले विमानस्थल र रेल सेवा पनि ठप्प पार्ने धम्की दिएको भए पनि अहिलेसम्म सेवा भने सुचारु नै भएको छ ।
यता विश्वकपको आयोजक राष्ट्रले साओ पाओलो स्टेडियममा भब्य रुपमा उद्घाटन समारोह गरिरहेका बेला विपक्षीहरुले भने विभिन्न स्थानमा विरोध गरिरहेका थिए ।
प्रहरीले विमानस्थल बन्द गर्न खोज्ने र विरोध प्रदर्शनलाई थप उत्तेजक बनाउन खोज्ने सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।




No comments:

Post a Comment

Popular Posts