Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label Sport. Show all posts
Showing posts with label Sport. Show all posts

Saturday, August 30, 2014

प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने


 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।

तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि  फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।

पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।

पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।

२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।

दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 



Tuesday, August 19, 2014

सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...

के  तपाईले आजकल बरफले भरिएको बाल्टीन ख़ानएको वीडियो सामाजिक संजाल मा शेयर भएको देख्नु भएको छ | देख्नु भएको छ भने  , यो एउटा वीडियो मात्र नभएर , चैरिटी डोनेशन उठाउने एउटा नया खेल हो भन्ने भुज्नुहोस्|

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |


Thursday, July 24, 2014

भर्खर समाप्त भएको बिश्वकपको आधारमा फिफा द्वारा ड्रिम टिमको घोषणा


  ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि जुलाईको १३ तारिखसम्मको खेलको आधारमा छनोट गरिएको फिफा ड्रिम टिमको उत्कृष्ट ११ जना खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ सहित अर्जेन्टिनाका २ र कोलम्बियाका १ जना खेलाडी परेका छन् ।
फिफाका सबै क्लब सदस्यहरुको रोजाईलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो । ड्रिम टिममा जर्मन गोलकिपर म्यानुअल निउर, डिफेन्डर म्याट्स ह्युमेल्स, मिडफिल्डर टोनी क्रुस र स्ट्राइकर थोमस मुलर परेका छन् । ड्रिम टिममा ब्राजिलका कप्तान डिफेन्डर थिएगो सिल्भा, डेविड लुइज, मार्सेलो र चर्चित युवा स्ट्राइकर नेयमार परेका छन् ।
त्यस्तै, अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डि मारिया पनि ड्रिम टिममा परेका छन् । गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् । ड्रिम टिममा पर्न सफल खेलाडीलाई बिभिन्न पुरस्कारको पनि ब्यवस्था गरिएको छ । यस्तै,प्रशिक्षक जर्मन प्रशिक्षक जोचिम लो छानिएका छन् ।



Saturday, July 19, 2014

अब जर्मनीको टिमलाई स्वेन्सटिगरले कप्तानी गर्ने सम्भावना


कप्तान फिलिप ल्ह्यामले संन्यास लिएसँगै विश्वकप विजेता जर्मनीलाई अब कसले नेतृत्व गर्छ भन्ने जिज्ञासा बढेको छ। वर्तमान उपकप्तान बास्टियन स्वेन्सटिगरको सम्भावना बलियो छ। प्रशिक्षक जोचिम लोयले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेमा ध्यान दिए थोमस मुलर र मेट्स ह्युमेल्समध्ये एकको सम्भावना बढी रहने जनाइएको छ।
एक साता अघिमात्र जर्मनीलाई विश्वविजेता बनाएर कप्तान र खेलाडी दुवै रूपमा चर्चा पाएका ३० वर्षीय ल्ह्यामले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यासको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका थिए। जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराएर २४ वर्षपछि र समग्रमा चौथोपटक विश्व विजेता भएको थियो।

मिडफिल्डर स्वेन्सटिगर यस यात्रामा अभिन्न अंग बनेका थिए। उनको प्रदर्शन उच्च रहेको थियो। ल्ह्याम र स्वेन्सटिगर उमेरले पनि समान खेलाडी थिए। ल्ह्यामपछि टोलीको नेतृत्व गर्ने जिम्मा यिनै मिडफिल्डरले पाउने गरेकाले स्वेन्सटिगर कप्तानको निर्विकल्प दाबेदार रहेको पूर्वकप्तान लोथार म्याथुस बताउँछन्। 'धेरै लामो समयका लागि सोचिरहन पर्दैन। स्वेन्सटिगर टोलीको दोस्रो रोजाइका कप्तान थिए। अब ल्ह्यामले छाडेपछि उनी निर्विकल्प भएका छन्', सन् १९९० को विश्वकप जर्मनीले जित्दा कप्तान रहेका म्याथुस भन्छन्।
आगामी अगस्त १ देखि उमेरले ३० वर्ष टेक्न लागेको स्वेन्सटिगरले जर्मनीका लागि एक सय आठवटा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए। पछिल्ला केही वर्ष उनी चोटग्रस्त भएकाले स्वाभाविक लयमा नदेखिए पनि उनको मेहनत भने कम थिएन। जर्मनीका चर्चित खेलाडी कार्ल हैन्ज रुम्मेनिज ल्ह्यामका उत्तराधिकारी हुन सजिलो नभएको बताउँछन्। 'खेलाडी र कप्तान दुवै जिम्मेवारीमा ल्ह्यामले जसरी आफूलाई प्रस्तुत गरे, ठिक त्यस्तै चरित्र निर्वाह गर्न अन्य खेलाडीलाई सजिलो हुनेछैन। ल्ह्याम एक सामान्य व्यक्तिका रूपमा राम्रा थिए', रुम्मेनिजले भने।
'टोलीमा तिमीलाई सधैं सम्झिरहनेछौं, साथी। तिमीसँग बिताएको समय कहिल्यैं बिर्सने छैन', फिलिपले संन्यास घोषणा गरेपछि स्वेन्सटिगरले ट्विटरमार्फत उनलाई आगामी जीवनको सफलताका लागि शुभकामना दिए। स्वेन्सटिगर र ल्ह्यामले राष्ट्रिय टोलीमा एकै वर्ष डेब्यु गरेका थिए। स्वेन्सटिगरले राष्ट्रिय टिमका लागि एक सय आठ खेलमा २३ गोल गरेका छन्।
प्रशिक्षक लोयले आगामी सेप्टेम्बरमा सुरु हुने युरोकप छनोटअघि नै कप्तानको घोषणा गर्नेछन्। युवा खेलाडीद्वय मुलर र ह्युमेल्सको प्रदर्शन पनि उच्चस्तरको भएकाले लामो समयका लागि नेतृत्व तयार गर्न लोयले कम उमेरका खेलाडीलाई पनि छान्न सक्ने सम्भावना रहेको बताइन्छ। मुलर, स्वेन्सटिगर र ल्ह्याम व्यावसायिक फुटबलमा एउटै क्लब बायर्न म्युनिखबाट खेल्ने गर्छन्।

२० वर्षपछि फिफा वरीयताक्रममा शीर्षस्थानमा पुगेको जर्मनीसामु यसलाई जोगाई राख्नुपर्ने चुनौती छ, तर नेतृत्व परिवर्तनसँगै यो चुनौतीपूर्ण बनेको छ। सन् २०१० को विश्वकप पूर्वसन्ध्यामा प्रशिक्षक लोयले ल्ह्यामलाई कप्तानको जिम्मेवारी दिएका थिए। ल्ह्यामले संन्यासका लागि उपयुक्त समय आएको भन्दै अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका हुन्। सन् २००४ मा उनलाई राष्ट्रिय टिममा डेब्यु गराएका प्रशिक्षक रुडी भोलरले ल्ह्यामले कम्तीमा सन् २०१८ को विश्वकपसम्म टोलीको कप्तानी गर्नुपर्ने बताउनुले पनि ल्ह्याम जर्मनीका लागि कत्ति महत्त्वपूर्ण छन् भन्ने प्रस्ट हुन्छ। -एजेन्सी




    Monday, July 14, 2014

    भर्खरै सम्पन्न भएको बिश्वकप २०१४ मा चम्केका फुटबलका हस्तीहरु

     अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाले लियोनेल मेसीलाई विश्वकप फूटबलमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।
    मेसी निकै राम्रा खेलाडी भएपनि चालु विश्वकपमा मेसीको प्रदर्शनपछि गोल्डेन बल दिनु अनुचित रहेको भन्दै उनले फिफाको आलोचना गरेका हुन् । विश्वकपको फाइनलमा जर्मनीसंग १–० ले पराजित भएको अर्जेन्टिनी टिमका कप्तान तथा फरवार्ड मेसीलाई उत्कृष्ट खेलाडी घोषित गर्दै फिफाले गोल्डेन बल प्रदान गरेको थियो । विश्वकपमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स पाउने खेलाडीको अवार्ड छनोटको जिम्मा फिफाको प्राविधिक अध्ययन समूहले गर्छ ।
    म्याराडोनाले सात खेलमा चार गोल गरेका मेसीले नकआउट चरणमा राम्रो प्रदर्शन नगरेको भन्दै उनलाई गोल्डेन बल दिने निर्णय फिफाको बजारीकरण योजना मात्रै भएको टिप्पणी गरेका छन् । गोल्डेन बुट प्राप्त गरेका कोलम्बियाका जेम्स रोड्रिगेज नै गोल्डेन बलका पनि हकदार रहेको उनको भनाई छ ।
    यस्तै फिफाका अध्यक्ष सेप ब्लाटरले पनि उत्कृष्ट खेलाडीको अवार्ड मेसीले पाउँछन् भन्ने आफूले अपेक्षा नगरेको भन्दै उनले पुरस्कार पाउँदा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । ‘मेसी उत्कृष्ट खेलाडीको पुरस्कार लिन आएको देखेर म अचम्ममा परेँ’ उनले भनेका छन् । मेसीले समूह चरणमा ४ गोल गरेका कारण उनलाई गोल्डेन बल दिइएको हुन सक्ने ब्लाटरले बताए ।
    बार्सिलोनाका २७ वर्षिय स्टार मेसी आफैले पनि विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग हारेपछि गोल्डेन बलको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । विश्वकपको उपाधी जित्ने मौकाका रुपमा पेनाल्टीको एकदम नजिक पुगेर पनि हारेकोमा आफू निकै चिन्तित रहेको भन्दै उनले गोल्डेन बलका बारेमा आफूलाई कुनै वास्ता नरहेको बरु मौका खेर फालेकोमा निकै दुखी रहेको बताए ।




    Sunday, July 13, 2014

    जारी बिश्वकपमा उपाधि जित्नेले पाउने पुरुस्कार कति र अन्य राष्ट्रहरुले पाउने रकमको विवरण

     अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यो विश्वकपमा ५७ करोड ६० लाख अमेरिकी डलर नगद पुरस्कार बाड्दै छ ।
    विश्वकप विजेता टिमले ३ करोड ५० लाख अमेरिकी डलर पाउने छ ।
    दोश्रो हुने टिमले २ करोड ५० लाख अमेरिकी डलर पाउने छ भने चौथो भएको आयोजक ब्राजिलले २ करोड अमेरिकी डलर तथा तेश्रो भएको नेदरल्याण्ड्सले २ करोड २० लाख अमेरिकी डलर पाउने छन् । विश्वकपको पुरस्कार रकम सम्बन्धित देशका फुटबल संघले आफू खुसी खर्च गर्न पाउने छन् ।
    यस्तै विश्वकप खेलेर समूह चरणबाटै बाहिरिएका १६ टिमले समान ८० लाख अमेरिकी डलर पाउने छन् । प्रिक्वाटर फाइनलबाट बाहिरिएका ८ टिमले भने ९०–९० लाख अमेरिकी डलर पाउने छन् । यस्तै क्वाटर फाइनलबाट बाहिरिएका ४ टिमले समान १ करोड ४० लाख पाएका छन् । यस्तै विश्वकपमा सहभागी ३२ वटै टिमले सुरुमा तयारी खर्च वापत १५–१५ लाख अमेरिकी डलर पाएका थिए । यो रकम सन् २०१० को तुलनामा तीन गुणा बढी हो ।
    ५७ करोड ६० लाख अमेरिकी डलर मध्येबाट फिफाले विश्वकपमा सहभागी भएका सबै ७ सय ३६ जना खेलाडी आवद्ध क्लवलाई पनि रकम दिएको छ । ४ वर्षअघिको विश्वकपमा क्लवका लागि ४ करोड अमेरिकी डलर छुटएको फिफाले यो विश्वकपमा भने क्लवका लागि ७ करोड अमेरिकी डलर छुट्याएको छ ।
    कुन क्लवका कतिजना खेलाडी कति दिन विश्वकपमा व्यस्त भए त्यो अनुपातमा फिफाले क्लवहरुलाई रकम दिएको छ (एउटा क्लवले आफ्ना १ जना खेलाडीले विश्वकपमा व्यस्त भएको एक दिनको २८ सय अमेरिकी डलर पाउँछ । यो रकम क्लव र खेलाडीबीच बाँडिन्छ ।)
         क्लवहरुले पाएको रकमलाई पनि पुरस्कार रकममा जोड्दा फिफाले विश्वकपमा वितरण गर्ने रकम भने ५७ करोड ६० लाख हुन आएको हो । र यो सन् २०१० को विश्वकपको तुलनामा ३७ प्रतिशत बढी हो I 



    Friday, July 11, 2014

    'टाइब्रेकरमा हार्नु न्यायोचित थिएन'


    साओ पाउलो– नेदरल्यान्ड्सका प्लेमेकर वेस्ली स्नाइडरले आफ्नो टोली विश्वकपको सेमिफाइनलमा टाइब्रेकरसम्म पुगेर हार्नु न्यायोचित नभएको बताएका छन्।
    'फाइनलका लागि हामी बढी हकदार थियौं,' टाइब्रेकरमा खेर गएका दुईमध्ये एक पेनाल्टीमा गोल गर्न चुकेका स्नाइडरले भने, 'अर्जेन्टिना सुरुदेखि खेल पेनाल्टी सुटआउटमा लैजान चाहन्थ्यो। त्यो उनीहरूको समस्या हो। हामीचाहिँ सुरुमै खेलमा नतिजा निकाल्न चाहन्थ्यौं। म आफैले पेनाल्टी खेर फालेँ, जुन अत्यन्तै लज्जाजनक हो। तर १ सय २० मिनेटबीचमा हामीले सिर्जना गरेका केही अवसर उपयोग गर्न सकेनौं।'
    अर्जेन्टिनाले साओ पाउलोको कोरिन्थियन्स एरिना रंगशालामा निर्धारित तथा अतिरिक्त समयसम्म गोलरहित बराबरीमा टुंगिएको खेलको टाइब्रेकरमा ४–२ को जित पाउँदै आइतबार जर्मनीविरुद्ध हुने फाइनल भिडन्त पक्का गरेको थियो।
    'यो खेल हो, खेल कठिन हुन्छ भन्ने मलाई थाहा थियो। तर म यसमै अल्भि्कएर बस्ने पक्षमा छैन,' उनले भने, 'मैले पक्कै पनि राम्रो खेलेको थिएँ। तर मैले पेनाल्टी गुमाएँ, हामी खाली हात घर फर्कदैछौं। हामीसँग अझै तेस्रो स्थानको प्लेअफ बाँकी छ। त्यहाँ हामी सान्त्वना हासिल गर्न सक्छौं। हामीले चाहेको खेल त्यो पक्कै थिएन।'


     विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाइनल खेल युरोपियन र लेटिन अमेरिकी राष्ट्रबीच हुने भएको छ । ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर फेरि बढेको हो ।

    जर्मनी र अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा एक–आपसमा भिड्न लागेको यो तेस्रो पटक हो । यी
     दुई टोली यसअघि विश्वकपको फाइनलमा दुई पटक भिडिसकेका छन् । जसमध्ये एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका थिए ।

    सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

    विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरिकाले ९ पटक उपाधि जितेको छ । यसपटक आफ्नै महादेशमा उपाधि जित्दै लेटिन अमेरिका युरोपसँग बराबरी गर्न चाहन्छ भने युरोप विश्व फुटबलमा आफू सबैभन्दा शक्तिशाली भएको अझै प्रष्ट्याउन चाहन्छ ।


    यस्तोमा आइतबार राती रियो दि जेनेरियोमा हुने फाइनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ । फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । ब्राजिलमा हुने फाइनल खेलमा अर्जेन्टिनालाई क्षेत्रीय समर्थन र मौसमको साथ मिल्नेछ ।

    उता, जर्मनी भने दक्षिण अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बन्ने अभियानमा छ । आठौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको जर्मनी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पाँचौ पटक फाइनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा छ ।


    फाइनल खेलमा जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेसी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने प्रयासमा समेत हुनेछन् । मुलरले ५ गोल गरेका छन् भने मेसीको नाममा ४ गोल रहेको छ । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज गोल्डेन बुटमा मुख्य दावेदार हुन् । 



    Thursday, July 10, 2014

    बिश्वो कप फुटबॉल २०१४ को फाइनल गेम को टिके सेकेंडरी मार्किट मा $५,००० देखि $२०,००० सम्म निर्धारित...

    जर्मन र अर्जेंटीना बिश्वो कप फुटबॉल २०१४ को उपाधि को लगी सोमबार बिहना ४ बजे (जापानी समय ) बिड़ंने भएको छ | बिगत १ महीना देखि  बिश्वो को ध्यान आकर्षण  गर्न  सफल यस खेल ले टी.वी  मा मात्र होईना , अहिले  लाखौ फुटबॉल प्रेम र दर्सक हरु  ब्राज़ील को मरकना स्टेडियम तीर  आकर्षित गरिरहेको छ  |
    तर होस गर्नुस ! अहिले सम्म टिकट नलिएका  दर्शक हरुले भने टिकट को दाम परेको मुळ्ये भन्दा २० गुंडा बढ़ी तिर्नु पर्ला |  फाइनल गेम को टिकट अहिले सेकेंडरी मार्किट मा पुर्ण बिक्री को लगी खुलिएको छ जसको मूल्य $५,००० - $२०,००० को हार्हारीमा  आउदछ|
    बिश्वो को केहि ऑनलाइन वेबिस्ते (इ-बे ) ले फाइनल टिकट को मूल्य १२,००० हजार तोकेकोछ|

    इस्मरण रहोस की   यी टिकट का मूल्य फीफा ले $४४०-$९९० को हार्हारीमा राखेको थियो|
    बिरस्तित जानकारी वीडियो मा हेर्नुहोस |





    बिश्वकपमा सर्बाधिक गोलकर्ता बने जर्मनीका मिरोस्लाभ क्लोज

     विश्वकपको मंगलबार राति भएको सेमिफाइनलमा जर्मनीले धेरै पायो, ब्राजिलले भने धेरै गुमायो। जर्मनी ठूलो अन्तरको जितसँगै फाइनलमा त पुग्यो नै, सँगसँगै जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोसले पनि छुट्टै कीर्तिमान बनाए। उनी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने। ३६ वर्षीय क्लोसले ब्राजिलकै पूर्वखेलाडी रोनाल्डोका नाममा रहेको कीर्तिमानलाई आफ्नो नाममा पारेका हुन्।
    ब्राजिलविरुद्ध मंगलबार भएको सेमिफाइनलमा एक गोल गर्दै क्लोसले विश्वकपमा आफ्नो गोलसंख्या १६ पु:याए। ब्राजिल विश्वकप सुरु हुनुअघि क्लोसले विश्वकपमा १४ गोल गरेका थिए। समूहगत चरणको घानाविरुद्धको खेलमा गोल गर्दै उनले रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका थिए। आफ्नो कीर्तिमानको बराबरी गर्नासाथ रोनाल्डोले क्लोसलाई बधाई दिएका थिए।
    अन्तर्राष्ट्रिय खेलजीवनको अन्त्यतिर रहेका क्लोसलाई रोनाल्डोको कीर्तिमान तोड्ने यो विश्वकप अन्तिम अवसरका रूपमा थियो। क्वार्टरफाइनलमा फ्रान्ससँग सुरुआती टोलीमा परे पनि उनले गोल गर्न सकेनन्। तर ब्राजिलविरुद्ध उनले २३ औं मिनेटमा गोल गरेपछि रोनाल्डोको कीर्तिमान भंग भयो। टोनी क्रुजको कर्नर पासमा उनले गोल गरेका थिए। क्लोसले आफ्नो उपलब्धि जर्मन टोलीकै सफलताको एक अंश भएको बताए।
    संयोग नै मान्नुपर्छ, रोनाल्डोकै कीर्तिमान भंग भएको उक्त खेलमा ब्राजिल ७-१ गोलको लज्जास्पद हार बेहोर्न बाध्य बन्यो। क्लोसले चारवटा विश्वकप संस्करण खेलेका छन्। उनले हरेक विश्वकपमा गोल गर्दै यो सफलता हातपारेका हुन्। यसअघि ब्राजिलका पेले र तत्कालीन पश्चिमजर्मनीका उवे सिलरले मात्र चारवटा विश्वकप खेल्दै हरेकमा गोल गरेका थिए। क्लोसले सन् २००२ र सन् २००६ को विश्वकपमा पाँच/पाँच तथा सन् २०१० को विश्वकपमा चार गोल गरेका थिए। सर्वाधिक गोलकर्ताका रूपमा उनले सन् २००६ को विश्वकपमा गोल्डेन बुट प्राप्त गरेका थिए। क्लोसले विश्वकपमा २३ खेल खेलेका छन्।
    विश्वकपमा क्लोजले गोल गरेको खेलमा जर्मनीले पराजय बेहोरेको छैन। क्लोज जर्मनीका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले राष्ट्रिय टोलीका लागि एक सय ३६ खेलमा ७१ गोल गरेका छन्। जारी विश्वकपअघि खेलिएको अभ्यास खेलमा गोल गर्दै क्लोसले जर्मनीबाट सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए। क्लोस अहिले इटालीको सिरि ए क्लब लाजियोमा आबद्ध छन्।
    विश्वकपमा क्लोसले बनाएको कीर्तिमान तोड्नसक्ने खेलाडीको सूचीमा सबैभन्दा नजिक जर्मनीकै थोमस मुलर छन्। २४ वर्षीय मुलरले दुईवटा विश्वकपमा ११ गोल गरिसकेका छन्। 'क्लोस अद्भुत खेलाडी हुन्। ब्राजिलसँगै खेलेर कीर्तिमान बनाउनु ठूलो सफलता हो', जर्मनीका प्रशिक्षक जोचिम लोयले भने। -एजेन्सी



    Wednesday, July 9, 2014

    ब्राजिल हार्नुका मुख्य कारणहरु


      


    स्टार खेलाडी नेमार विना नै २० औं संस्करणको विश्वकपको सेमीफाइनल खेल खेल्न घरेलु मैदानमा ओर्लदासम्म आयोजक ब्राजिल आफ्नो जीत सुनिश्चित भएकोमा ढुक्क थियो । तर उसको त्यो विश्वास प्रतिद्धन्दी जर्मनीले १० मिनेटसम्म पनि कायम रहन दिएन । किनभने खेल सुरु भएको ११ औं मिनेटमा पहिलो गोल गर्दै जर्मनीले आयोजक ब्राजिललाई मानसिक र नैतिक दबाब दियो ।

    जर्मनीका लागि उसका भरपर्दा खेलाडी मुलरले गोल पोष्टको नजिकैबाट यस्तो शान्दार प्रहार गरे कि त्यसलाई ब्राजिलियन किपरले रोक्नै सकेनन् । एउटा गोल खाएर दबाबमा परेको ब्राजिलले २३ औं मिनेटमा फेरि अर्को गोल पनि खायो । त्यसपछि भने उसको मनोबल यति गिर्यो कि २३ देखि २९ मिनेटको सिर्फ ६ मिनेट भित्र मात्रै उसले चार गोल खायो । मध्यान्तर अगाडि ५–० गोलले पछि परेको ब्राजिल मध्यान्तरपछि थप दुई गोल खाएर ७–१ को इतिहासकै लज्जास्पद हार स्वीकार्दै जारी विश्वकपबाट बाहिरियो । ब्राजिलका लागि ९० औं मिनेटमा ओस्करले सान्त्वना गोल गरे पनि त्यसले ब्राजिलको हारमा चलेको समर्थकहरुको रुवाइलाई रोक्न सकेन ।



    इतिहास र कीर्तिमान पनि खोसियो :

    आफ्नै गृह मैदानमा यसरी हार स्वीकारेको ब्राजिलका लागि यो ३९ वर्षपछिको अर्को तीतो अनुभव थियो । यसभन्दा अगाडि उसले ३९ वर्ष अगाडि सन् १९७५ मा पाराग्वेसँग यसरी नै गृह मैदानमा हार भोगेको थियो ।

    विश्वकपमा पाँच पटक विजेता बनेको ब्राजिलले एउटै म्याचमा पाँच गोल खाएको ७६ वर्ष पछि हो । यसभन्दा अघि सन् १९३८ को विश्वकपको पहिलो चरणमै ब्राजिलले पोल्याण्डको पाँच गोल खाएको थियो । तर पनि उक्त खेल ब्राजिलले नै ६–५ गोलले जितेको थियो ।

    जारी प्रतियोगीताको सेमिफाइनलसम्ममा जर्मनीका मिरास्लोभ क्लोजले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याएका छन् । योसँगै ब्राजिलका क्रिस्टियानो रोनाल्डोको १५ गोलको कीर्तिमान पनि उनले खोसेका छन् ।



    ब्राजिल हार्नुका कारणहरु :



    बढी आत्मविश्वास : कहिलेकाहीं बढी आत्मविश्वास हुनु पनि घातक हुन्छ भन्ने चरितार्थ भएको छ,ब्राजिलको यसपटकको सेमीफाइनल खेलमा गरेको प्रदर्शन र नतिजा हेर्दा । घरेलु मैदान,घरेलु समर्थक र विश्वव्यापी रहेको आफ्नो क्रेजका कारण ब्राजिल आफू जित्नेमा बढी नै आत्मविश्वासी थियो । त्यसैले उसले स्टार खेलाडी नेयमरको अभावमा टिमको पुनर्संरचना गर्न खासै चासो दिएन । त्यसले गर्दा खेलमा स्ट्राइकरको अभाव खड्किरह्यो ।








    नेयमरमा मात्र निर्भर रहनु : विश्वकप शुरु नहुँदै ब्राजिलका प्रशिक्षकले भनेका थिए–यसपाली हामीले जित्नेछौं । किनभने हामीसँग नेयमर छन् । उनको यो अभिव्यक्तिबाटै थाहा हुन्छ कि ब्राजिलियन टिम नितान्त नेयमरसँग निर्भर थियो । त्यसैले उनै टिमको मेरुदण्ड खेल बाहिर रहनु परेपछि टिमको कन्तविजोग हुनु स्वभाविकै थियो ।




    सन्तुलन गुमाउँनु: खेलको ११ औं मिनेटमै गोल खाएपछि ब्राजिलले एकाएक सन्तुलन गुमाउँदा इतिहासमै कलंकित पार्ने नतिजा स्वीकार्नुपर्यो । कतिसम्म भने पाँचौं गोल खाँदा ब्राजिलियन गोलकिपरले बललाई रोक्ने कोशिस पनि गरेनन् । मूढा झैं ठिंग उभिरहे उनी ।






    स्थानीयको विरोध : मान्नुस् नमान्नुस्,जब घरभित्र नै अशान्ति हुन्छ भने जति राम्रो गर्न खोजे पनि अलच्छिनले छोड्दैन रे । यही धार्मिक अन्धविश्वास ब्राजिलको यो हारमा पनि लागू भएको छ । किनभने ब्राजिलमा विश्वकप आयोजनाको विषयमा स्थानीयहरुमा तीव्र असन्तुष्टि र विरोध जारी नै छ । कतिले त यो विश्वकप नै विथोल्नेसम्मका प्रयास गरेका थिए । तर बलियो सुरक्षा व्यवस्थापछि हच्किएका ती विरोधीहरुले ब्राजिलको हारका लागि कामना गरेका थिए । त्यसको केही मनोवैज्ञानिक असर केही खेलाडीहरुमा पनि नपरेको भन्न सकिन्न ।

    यसका अलावा जर्मन खेलाडीहरुका तीख्खर प्रस्तुति,चुस्त प्रदर्शन र सन्तुलित टिम संयोजनका कारण पनि यसपटक आयोजक ब्राजिल जर्मनका अगाडि निरीह सावित भयो ।








    Tuesday, July 8, 2014

    ब्राजिलका समर्थकहरु रंगशालामा नेमारको अनुहारको मास्कमा देखिने

     स्टार स्ट्राइकर नेमारले खेल्न नसक्ने भएपछि ब्राजिलले प्रतिद्वन्दीलाई तर्साउन अनौठो अभियान चलाउने भएको छ। जर्मनीविरुद्व मंगलबार हुने सेमिफाइनलमा ब्राजिलका समर्थकहरु रंगशालामा नेमारको अनुहारको मास्कमा देखिने छन। यसले गर्दा प्यारापिटमा सबै नेमारजस्तै देखिने छन। यसले ब्राजिलको प्रतिद्वन्दीलाई दबाब हुने आशा गरिएको छ।
    चोटग्रस्त नेमार यतिबेला घरमा बसेर आराम गरिरहेका छन। उनी जर्मनी र ब्राजिलबिचको खेल समेत घरमा बसेर टेलिभिजनमा हेर्नेछन। नेमार खेल्न नसक्ने भएपछि उनको मास्कमा दर्शक उत्रने उपाय ब्राजिलकै एक दम्पतीले निकालेको हो। उनीहरुले विज्ञापन एजेन्सीसँग कुरा गरेर अभियानलाई थप मजबुत बनाएका छन। ब्राजिल फुटबल संघले पनि यस अभियानलाई प्रोत्साहन गरेको छ। ब्राजिल १२ वर्षपछि विश्वकप उपाधी जित्ने प्रयाशमा छ।- (एजेन्सी)



    ब्राजिलका कप्तान सिल्भाले विश्वकपको सेमीफाईनल खेल गुमाउने पक्का



    ब्राजिलका डिफेन्डर एवं कप्तान थियागो सिल्भाले विश्वकपको सेमीफाईनल खेल गुमाउने पक्का भएको छ । कोलम्बिया विरुद्धको खेलमा पहेलो कार्ड खाएपछि सिल्भाले प्रतियोगितामा दुई पहेलो कार्ड व्यहोरेका थिए ।
    उनलाई दिईएको दोस्रो पहेलो कार्ड अनावश्यक भन्दै ब्रजिलले फिफाको अनुशाशन कमिटि समक्ष उजुरी दिएको थियो । तर फिफाले कानुनी अड्चन भन्दै ब्राजिलको उजुरी अस्विकार गरेपछि सिल्भाले जर्मनी विरुद्धको खेल गुमाउने पक्का भएको हो ।
    उनको ठाँउमा जर्मन क्लव बायर्न म्युनिखका डिफेन्डर दाँतेले खेल्नसक्ने अनुमान गरिएको छ भने घाईते फरवार्ड नेयमारको ठाँउमा विंगर विलियनलाई पहिलो रोजाईमा पारीने धेरैको विश्वाश छ ।

    ब्राजिलको प्रतिद्धन्दी जर्मनी भने सुरुवाती ११ मा कुनै परिवर्तन गर्न बाध्य छैन् । वाकिम लोउको टोलीका सबै खेलाडी सेमीफाईनल भिडन्तको लागि फिट छन् । यो खेललाई सन् २००२ को विश्वकपको फाईनल खेलको रि म्याच भनिएको छ । त्यतीवेला जर्मनीलाई हराँउदै ब्राजिलले उपाधि जितेको थियो 



    नेयमारमाथि जानी जानी हिंसात्मक ट्याकल गरियो :रोनाल्डो

     ब्राजिलका स्टार खेलाडी रोनाल्डोले नेयमरमाथि जानी-जानी नै ट्याकल गरेको बताए । ब्राजिलका स्ट्राइकर नेयमर 'हिंसात्मक ट्याकल' का कारण विश्वकप फुटबलबाट बाहिरिएका छन् । ब्राजिलमा क्वाटरफाइनलमा कोलम्बियामाथि निकालेको २-१ को जितमा नेयमर घाइते भएका हुन् ।
    शुक्रबार भएको त्यो खेलमा उनलाई कोलम्बियाका हुँवा कमिलो जुनिगाले ट्याकल गरेका थिए । पछि गरेको मेडिकल परीक्षणमा नेयमरको ढाडमा फ्याक्चर भएको देखिएको छ । र, उनी अब चार साता मैदानबाट बाहिर रहनेछन् । योसँगै घरेलु टिमलाई ठूलो चोट पुगेको छ । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक समान १५ गोल गर्दै इतिहास बनाएका रोनाल्डोले नेयमरमाथिको ट्याकल हिंसात्मक भएको बताए ।
    'हामीले टेलिभिजनमा देख्न सक्छौं, त्यो ट्याकल जानी-जानी गरिएको हो । कोलम्बियाका खेलाडीले केही क्षति पुर्याउन नै यो ट्याकल गरेका हुन्,' रोनाल्डोले भने,'यो नर्मल फुटबल थिएन । त्यो त आक्रामक फुटबल पो थियो ।' रेफ्रीले जुनिगाविरुद्ध कुनै एक्सन लिएनन् । तर फिफाको अनुशासन कमिटी भिडियो हेरेर अघि बढ्ने योजनामा छ । 'यो कोलम्बियाका खेलाडीको ठूलो हिंसा हो । हामीले राम्रो खेलाडी गुमायौं । यो निकै निराश र दुःखद क्षण हो,' रोनाल्डोले भने । रोनाल्डोसँगैको पत्रकार सम्मेलनमा इटालीका पूर्वडिफेन्डर फाबियो कानोभारोले पनि जुनिगाले नेयमरलाई चोट पुर्याउनकै लागि ट्याकल गरेको बताए ।  
    उता, खेलाडी जुनिगाले भने आफूले नेयमरलाई चोट पुर्याउने हिसाबले ट्याकल नगरेको बताए । 'मेरो लक्ष्य उनलाई चोट पुर्याउनु थिएन । म आफ्नो शटलाई डिफेन्स गर्ने तर्खरमा थिए । जुन म सधैं गरिरहेको हुन्छु,' कोलम्बियन डिफेन्डरले भने,'दुःखद रूपमा यो घटना भयो । आशा गरौं, भगवान्ले सहयोग गर्नेछन् । उनी छिट्टै ठीक हुनेछन् ।' स्टार खेलाडी नेयमरका बाबजुत ब्राजिलले घरेलु भूमिका छैटौं पटक विश्वकपको ट्रफी उचाल्ने रोनाल्डोले बताए । ब्राजिलले मंगलबार सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ ।
    नेयमरको अनुपस्थितिमा स्ट्राइकरद्वय हल्क र  फ्रेडको आत्मबल बढ्ने तथा राम्रो गरेर देखाउने मौका रहेको रोनाल्डोले बताए । रोनाल्डोले नेयमरलाई शुक्रबार सन्देश पठाएको पनि बताए । 'मैले उनलाई पूरा देश तिमीदेखि गौरवान्वित भएको बताए,' सन् १९९४ र २००२ मा ब्राजिललाई विश्वकप जिताउन सफल खेलाडी रोनाल्डोले भने । उनले ब्राजिलको यो विश्वकप नेयमरप्रति समर्पित रहेको पनि बताए ।   



    जारी बिश्वकपमा क्वाटरफाईनलका खेल आज बाट शुरु

     
      ब्राजिलमा जारी विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनल खेलहरु सुरु हुँदैछन् । पहिलो भिडन्त आज बेलुकी पौने १० बजे जर्मनी र फ्रान्सबीच हुनेछ ।

    रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने खेल तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि कठिन हुनेछ । ब्राजिलको गर्मीमा खुलेर खेल्न नसकिरहेका दुई युरोपियन राष्ट्रहरुबीचको भिडन्तलाई निकै महत्व दिइएको छ ।

    ‘राउण्ड अफ सिक्सटिनमा अल्जेरियालाई हराउँदै जर्मनी तथा नाइजेरियालाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा पुगेका थिए । जर्मनीले समूह चरणमा पोर्चुगल र अमेरिकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।

    यसैगरी, फ्रान्सले समूह चरणमा स्वीट्जरल्याण्ड र होण्डुरसलाई हराएको थियो भने इक्वेडरसँग बराबरी खेलेको थियो ।


    विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेलमा भोलि बिहान पौने दुई बजे ब्राजिल र कोलम्बिया भिड्नेछन् । ‘राउण्ड अफ सिक्सटिन’मा चिलीलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरिकीमुलुक उरुग्वेलाई २–० ले हराएको थियो ।

    ब्राजिल र कोलम्बिया दुवै टोली समूहका विजेता हुन् । ब्राजिलले समूहमा क्रोएसिया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।

    उता, कोलम्बियाले भने समूहका सबै खेल जित्ने क्रममा आइभोरी कोष्ट, जापान र ग्रीसलाई पन्छाएको थियो । जारी विश्वकपमा सर्वाधिक गोल गर्ने होडमा रहेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले ५ गोल गरिसकेका छन्भने ब्राजिलका नेइमारको नाममा चार गोल रहेको छ ।

    त्यसैले यो खेल दुवै टोलीका लागि प्रतियोगितामा टिकिरहन महत्वपूर्ण भएसँगै व्यक्तिगतरुपमा पनि नेइमार र रोड्रिग्वेजको भिडन्तको रुपमा हेरिएको छ । बार्सिलोनाका चर्चित स्ट्राइकर नेइमार र फ्रेन्च क्लब मोनाकोका कमै नाम सुनिएका स्ट्राइकर रोड्रिग्वेजमध्ये जसको दिन लाग्छ, उसैको टोलीले खेल जित्नसक्ने अनुमान धेरैको छ ।

    यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको पहिलो क्वार्टरफाइनल विजेतासँग खेल्नेछ 



    दक्षिण कोरियाली फुटबल टोलीलाई विमानस्थलमा घरेलु समर्थक द्वारा आक्रमण

       ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गरेर स्वदेश फर्किएको दक्षिण कोरियाली फुटबल टोलीमाथि घरेलु समर्थक नराम्ररी खनिएका छन्। इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ समर्थकले खेलाडीमाथि आक्रोश पोख्न सुरु गरेका थिए। आफ्ना खेलाडीको प्रदर्शनबाट निराश बनेका कोरियाली समर्थक आक्रोश पोख्न विमानस्थलमै पुगेका थिए।
    विमानस्थलबाट बाहिरिने क्रममा समर्थकले खेलाडीलाई चकलेटले हिर्काए। समर्थकले दक्षिण कोरियामा निकै लोकप्रिय रहेको 'एयोत' नामको चकलेट खेलाडीमाथि प्रहार गर्दै गरेको दृश्य स्थानीय टेलिभिजन च्यानलबाट प्रशारण गरिएको थियो। 'तिमीहरू एयोत खाएर बस', खेलाडीलाई चकलेटले हिर्काउँदै समर्थकले भनेका थिए।
    केही समर्थक भने खेलाडीमाथि आक्रोश पोख्न ब्यानरसहित विमानस्थल पुगेका थिए। समर्थकले बोकेको ब्यानरमा लेखिएको थियो, 'दक्षिण कोरियाली फुटबलको मृत्यु भयो।' ब्राजिल विश्वकपमा कोरियाली टोली खराब प्रदर्शन गर्दै समूहगत चरणबाटै बाहिरिएको थियो। समूह 'एच'मा सबैभन्दा तल रहेको दक्षिण कोरिया बेल्जियम र अल्जेरियासँग हारेको थियो भने रूससँग बराबरीमा रोकिएको थियो।
    'हामीले खेल त जित्न सकेनौं नै हाम्रा खेलाडीले कसैको मन पनि जित्न सकेनन्', विमानस्थल पुगेका एक समर्थकले यसरी आफ्नो आक्रोश पोखे। दक्षिण कोरिया मात्र होइन, एसियाका अन्य टोलीले पनि ब्राजिल विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेनन्। विश्वकपमा एसियाबाट प्रतिनिधित्व गरेको अस्ट्रेलिया, इरान र जापान पनि पहिलो चरणबाटै घर फर्किए।
    दक्षिण कोरिया एसियाबाट सबैभन्दा बढी (नौपटक) विश्वकप खेल्ने टोली हो। सन् २००२ मा जापानसँग मिलेर संयुक्त रूपमा विश्वकप आयोजना गर्दा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। त्यतिबेला होङ युङ बो कोरियाली टोलीका कप्तान थिए। अहिले भने उनी टोलीका प्रशिक्षक छन्।
    प्रशिक्षकम्युङ बोले ब्राजिल विश्वकपमा टोलीको खराब प्रदर्शनका लागि समर्थकसँग माफी मागेका छन्। 'हामीले सक्दो प्रयास गर्यौं, तर हाम्रो प्रदर्शन नतिजामुखी भएन। यसका लागि म समर्थकसँग माफी माग्न चाहन्छु। आगामी दिनमा टोलीको स्तरमा सुधार ल्याउने विश्वास पनि दिलाउन चाहन्छु', उनले भने। -एजेन्सी



    ब्राजिलियन खेलाडीहरुको मनोबल बढाउन अभ्यास मैदानमै मनोचिकित्सक बोलाईयो

       
         विश्वकप फुटबलको क्वाटरफाईनलको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक लुईज फिलिप स्कोलारीले ट्रेनिङ मैदानमा टिमका मनोचिकित्सकलाई बोलाएका छन् । राउण्ड अफ सिक्सटिनमा चिली विरुद्ध संघर्षपुर्ण जीत हात पारेको ब्राजिलले क्वाटरफाईनलमा कोलम्बियाको सामना गर्दैछ ।
    कोलम्बिया विरुद्धको खेलपुर्व खेलाडीहरुको मनोबल  बढाउन स्कोलारीले टिमका मनोचिकित्सकलाई ट्रेनिङ मैदानमै बोलाएका हुन् । घरेलु टीम ब्राजिलका खेलाडीहरुमा मनोवैज्ञानिक दबाब बढ्नसक्ने अनुमान भईरहेको बेला खेलचडीहरुलाई परामर्श दिईएको हो ।
       उता भेट्रान जर्मन प्रशिक्षक ओट्मार हेज्फील्डले फुटबलबाट सन्यास लिएका छन् । जारी विश्वकपमा स्विट्जरल्याण्डलाई राउण्ड अफ सिक्सटिनसम्म पु¥याएका हेज्फील्डले स्विस टोलीको बहीर्गमनसँगै व्यवसायीक प्रशिक्षण करीयरबाट सन्यास लिएका हुन् । ६५ वर्षीय प्रशिक्षक हेज्फील्डले क्लव करीयरमा भने बायर्न म्युनिख र बोरुसीया डर्टमुण्डलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।




    पेनाल्टी हान्दा नर्भस हुन्छु :नेमार

    जारी विश्वकपको प्रिक्वार्टरफाइनल चिलीविरुद्धको खेल ट्राइब्रेकरमा पुग्दा पेनाल्टी सुटआउट पश्चात् २२ वर्षीय स्टार खेलाड िनेमारले यस्तो खुलासा गरेका हुन् ।
          उनले भनेका छन्, ‘पेनाल्टी सहजै हान्न त हान्छु । तर, निर्णायक क्षणमा पेनाल्टी हान्न मलाई निकै डर लाग्ने गर्छ र नर्भस हुने गर्छु । पेनाल्टी हान्नुआगाडि पेनाल्टी स्पट र गोलपोस्टको दूरी पाँच किलोमिटर टाढा जस्तो लाग्छ । त्यति लामो दूरीबाट कसरी गोल गर्ने भन्ने सोच्छु ।’
    नेमारले अझै निर्णायक पेनाल्टी हान्ने पालो उनकै परेमा झन् बढी नर्भस हुने खुलाए । उनले विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण धेरैले ब्राजिलको यसपटकको उपाधिका लागि उनैमाथि आशा गरिरहेका बेला नेमारले यस्तो बताएका हुन् ।
    समूह चरण र प्रिक्वार्टरफाइनलमा नेमारकै प्रदर्शनका कारण ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । यसका लागि ब्राजिले प्रिक्वार्टरफाइनलमा चिलीको कडा सामना गर्नुपरेको थियो । सो खेल ट्राइब्रेकरसम्म पुग्दा पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।





    Wednesday, July 2, 2014 नेदरल्याण्डले बिश्वकप जितेमा बिश्वकपमा सहभागी खेलाडीहरुले चन्द्रमाको भ्रमण गर्ने अवसर पाउने


      विश्वकप विजेता टोलीलाई राष्ट्रले नगद, घर घडेरी, अपार्टमेन्टलगायत पुरस्कार प्रदान गर्ने विषय नौलो होइन। नेदरल्यान्ड्सले भने विश्वकप उपाधि जितेका टोलीलाई नि:शुल्क चन्द्रमाको सयर गराउने घोषणा गरेको छ। 'डच एरोस्पेस इन्जिनियरिङ कम्पनी' ले नेदरल्यान्ड्सले विश्वकप जितेर स्वदेश फर्किएमा टोलीका खेलाडीलाई चन्द्रमाको भ्रमण गराउने जनाएको छ।
    'हामीले हचुवाको भरमा चन्द्रमा पुर्याउने अफर गरेका होइनौं। अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेको नेदरल्यान्ड्सका खेलाडी यसपटक उपाधि जित्न सक्ने प्रदर्शन गरिरहेका छन्। विश्वकप ट्रफीलाई डच भूमिमा अवतरण गराउनासाथ टोलीका २३ जना खेलाडीलाई चन्द्रमा पुर्याउनेछौं', कम्पनीका इन्जिनियर रुइमटेभार्ट बेड्रिब्जले भने।



    विश्वकपमा क्वाटरफाईनलका खेलहरु शुक्रवार रातीबाट

       ब्राजिलमा जारी विश्वकप फुटबलको क्वाटरफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा शुक्रवार वेलुकी जर्मनी र फ्रान्स भिड्नेछन् । नेपाली समय अनुसार वेलुकी पौने १० वजे हुने खेल तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि कठिन हुनेछ ।
    क्वाटरफाईनलको

    दोस्रो खेलमा शनिवार विहान पौने दुई वजे ब्राजिल र कोलम्बिया भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शुट आउटमा हराँउदै ब्राजिल क्वाटरफाईनलमा पुगेको हो ।
    सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरीकी मुलुक उरुग्वेलाई २-० ले हराएको थियो । ब्राजिल र कोलम्बिया दुवै टोली समुहका विजेता हुन् ।जारी विश्वकपको तेस्रो क्वाटरफाईनल खेल शनिवार वेलुकी पौने १० वजे अर्जेन्टिना र बेल्जीयमविच हुनेछ ।
    राउण्ड अफ सिक्सटीनमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई तथा बेल्जियमले अमेरीकालाई अतिरिक्त समयमा हराएका थिए । लियोनल मेस्सीको टीम अर्जेन्टिना विश्वकपको मुख्या दावेदार हो ।
    विश्वकपको अन्तिम क्वमाटरफाइनल खेल आईतवार विहान पौने २ वजे नेदरल्याण्ड्स र कोष्टारिकाविच हुनेछ । अघिल्लो विश्वकपको उपविजेता टोली नेदरल्याण्ड्स यसपटक विजेता बनेरै घर फर्कीने सुरमा छ ।
    समुह चरणमा चिली, स्पेन र अष्ट्रेलियालाई हराँउदै विजेता बनेको नेदरल्याण्ड्सले राउण्ड अफ सिक्सटिनमा भने मेक्सिकोमाथि २-१ को नाटकीय जीत निकालेको थियो । आयर्न रोबेन, रवीन भन पर्सी र वेस्ले स्नाईज्डरको बलमा नेदरल्याण्ड्स यसपटक उपधि उचाल्ने प्रयासमा छ ।



    Tuesday, July 1, 2014

    Despite World Cup Loss,United States Tim Howard will be best remembered for his performance by a goalkeeper in 50 years, (16 saves in 1 game ).

    Even though Belgium defeats the United States 2-1, and advances to the quarterfinals to play Argentina.Tim Howard will be best  remembered for his  performance by  a goalkeeper in 50 years, (16 saves in 1 game ).
    The Belgians peppered the U.S. goal with shots throughout the match. The scoreline could have been worse had Howard not been the team's savior in the net -- recording a spectacular 16 saves, the most-ever for an American goalie at the World Cup.
    Timothy Matthew "Tim" Howard (born March 6, 1979) is an American soccer player who plays as a goalkeeper for English club Everton and the United States national team.
    At the end of the game , what really matters is the result and hence, Belgium defeats the United States 2-1.




    Popular Posts