Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Saturday, August 30, 2014

प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने


 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।

तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि  फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।

पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।

पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।

२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।

दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 



No comments:

Post a Comment

Popular Posts