Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 8, 2014

दक्षिण कोरियाली फुटबल टोलीलाई विमानस्थलमा घरेलु समर्थक द्वारा आक्रमण

   ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गरेर स्वदेश फर्किएको दक्षिण कोरियाली फुटबल टोलीमाथि घरेलु समर्थक नराम्ररी खनिएका छन्। इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ समर्थकले खेलाडीमाथि आक्रोश पोख्न सुरु गरेका थिए। आफ्ना खेलाडीको प्रदर्शनबाट निराश बनेका कोरियाली समर्थक आक्रोश पोख्न विमानस्थलमै पुगेका थिए।
विमानस्थलबाट बाहिरिने क्रममा समर्थकले खेलाडीलाई चकलेटले हिर्काए। समर्थकले दक्षिण कोरियामा निकै लोकप्रिय रहेको 'एयोत' नामको चकलेट खेलाडीमाथि प्रहार गर्दै गरेको दृश्य स्थानीय टेलिभिजन च्यानलबाट प्रशारण गरिएको थियो। 'तिमीहरू एयोत खाएर बस', खेलाडीलाई चकलेटले हिर्काउँदै समर्थकले भनेका थिए।
केही समर्थक भने खेलाडीमाथि आक्रोश पोख्न ब्यानरसहित विमानस्थल पुगेका थिए। समर्थकले बोकेको ब्यानरमा लेखिएको थियो, 'दक्षिण कोरियाली फुटबलको मृत्यु भयो।' ब्राजिल विश्वकपमा कोरियाली टोली खराब प्रदर्शन गर्दै समूहगत चरणबाटै बाहिरिएको थियो। समूह 'एच'मा सबैभन्दा तल रहेको दक्षिण कोरिया बेल्जियम र अल्जेरियासँग हारेको थियो भने रूससँग बराबरीमा रोकिएको थियो।
'हामीले खेल त जित्न सकेनौं नै हाम्रा खेलाडीले कसैको मन पनि जित्न सकेनन्', विमानस्थल पुगेका एक समर्थकले यसरी आफ्नो आक्रोश पोखे। दक्षिण कोरिया मात्र होइन, एसियाका अन्य टोलीले पनि ब्राजिल विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेनन्। विश्वकपमा एसियाबाट प्रतिनिधित्व गरेको अस्ट्रेलिया, इरान र जापान पनि पहिलो चरणबाटै घर फर्किए।
दक्षिण कोरिया एसियाबाट सबैभन्दा बढी (नौपटक) विश्वकप खेल्ने टोली हो। सन् २००२ मा जापानसँग मिलेर संयुक्त रूपमा विश्वकप आयोजना गर्दा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। त्यतिबेला होङ युङ बो कोरियाली टोलीका कप्तान थिए। अहिले भने उनी टोलीका प्रशिक्षक छन्।
प्रशिक्षकम्युङ बोले ब्राजिल विश्वकपमा टोलीको खराब प्रदर्शनका लागि समर्थकसँग माफी मागेका छन्। 'हामीले सक्दो प्रयास गर्यौं, तर हाम्रो प्रदर्शन नतिजामुखी भएन। यसका लागि म समर्थकसँग माफी माग्न चाहन्छु। आगामी दिनमा टोलीको स्तरमा सुधार ल्याउने विश्वास पनि दिलाउन चाहन्छु', उनले भने। -एजेन्सी



No comments:

Post a Comment

Popular Posts