Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 8, 2014

नेयमारमाथि जानी जानी हिंसात्मक ट्याकल गरियो :रोनाल्डो

 ब्राजिलका स्टार खेलाडी रोनाल्डोले नेयमरमाथि जानी-जानी नै ट्याकल गरेको बताए । ब्राजिलका स्ट्राइकर नेयमर 'हिंसात्मक ट्याकल' का कारण विश्वकप फुटबलबाट बाहिरिएका छन् । ब्राजिलमा क्वाटरफाइनलमा कोलम्बियामाथि निकालेको २-१ को जितमा नेयमर घाइते भएका हुन् ।
शुक्रबार भएको त्यो खेलमा उनलाई कोलम्बियाका हुँवा कमिलो जुनिगाले ट्याकल गरेका थिए । पछि गरेको मेडिकल परीक्षणमा नेयमरको ढाडमा फ्याक्चर भएको देखिएको छ । र, उनी अब चार साता मैदानबाट बाहिर रहनेछन् । योसँगै घरेलु टिमलाई ठूलो चोट पुगेको छ । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक समान १५ गोल गर्दै इतिहास बनाएका रोनाल्डोले नेयमरमाथिको ट्याकल हिंसात्मक भएको बताए ।
'हामीले टेलिभिजनमा देख्न सक्छौं, त्यो ट्याकल जानी-जानी गरिएको हो । कोलम्बियाका खेलाडीले केही क्षति पुर्याउन नै यो ट्याकल गरेका हुन्,' रोनाल्डोले भने,'यो नर्मल फुटबल थिएन । त्यो त आक्रामक फुटबल पो थियो ।' रेफ्रीले जुनिगाविरुद्ध कुनै एक्सन लिएनन् । तर फिफाको अनुशासन कमिटी भिडियो हेरेर अघि बढ्ने योजनामा छ । 'यो कोलम्बियाका खेलाडीको ठूलो हिंसा हो । हामीले राम्रो खेलाडी गुमायौं । यो निकै निराश र दुःखद क्षण हो,' रोनाल्डोले भने । रोनाल्डोसँगैको पत्रकार सम्मेलनमा इटालीका पूर्वडिफेन्डर फाबियो कानोभारोले पनि जुनिगाले नेयमरलाई चोट पुर्याउनकै लागि ट्याकल गरेको बताए ।  
उता, खेलाडी जुनिगाले भने आफूले नेयमरलाई चोट पुर्याउने हिसाबले ट्याकल नगरेको बताए । 'मेरो लक्ष्य उनलाई चोट पुर्याउनु थिएन । म आफ्नो शटलाई डिफेन्स गर्ने तर्खरमा थिए । जुन म सधैं गरिरहेको हुन्छु,' कोलम्बियन डिफेन्डरले भने,'दुःखद रूपमा यो घटना भयो । आशा गरौं, भगवान्ले सहयोग गर्नेछन् । उनी छिट्टै ठीक हुनेछन् ।' स्टार खेलाडी नेयमरका बाबजुत ब्राजिलले घरेलु भूमिका छैटौं पटक विश्वकपको ट्रफी उचाल्ने रोनाल्डोले बताए । ब्राजिलले मंगलबार सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ ।
नेयमरको अनुपस्थितिमा स्ट्राइकरद्वय हल्क र  फ्रेडको आत्मबल बढ्ने तथा राम्रो गरेर देखाउने मौका रहेको रोनाल्डोले बताए । रोनाल्डोले नेयमरलाई शुक्रबार सन्देश पठाएको पनि बताए । 'मैले उनलाई पूरा देश तिमीदेखि गौरवान्वित भएको बताए,' सन् १९९४ र २००२ मा ब्राजिललाई विश्वकप जिताउन सफल खेलाडी रोनाल्डोले भने । उनले ब्राजिलको यो विश्वकप नेयमरप्रति समर्पित रहेको पनि बताए ।   



No comments:

Post a Comment

Popular Posts