Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Sunday, July 13, 2014

जारी बिश्वकपमा उपाधि जित्नेले पाउने पुरुस्कार कति र अन्य राष्ट्रहरुले पाउने रकमको विवरण

 अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यो विश्वकपमा ५७ करोड ६० लाख अमेरिकी डलर नगद पुरस्कार बाड्दै छ ।
विश्वकप विजेता टिमले ३ करोड ५० लाख अमेरिकी डलर पाउने छ ।
दोश्रो हुने टिमले २ करोड ५० लाख अमेरिकी डलर पाउने छ भने चौथो भएको आयोजक ब्राजिलले २ करोड अमेरिकी डलर तथा तेश्रो भएको नेदरल्याण्ड्सले २ करोड २० लाख अमेरिकी डलर पाउने छन् । विश्वकपको पुरस्कार रकम सम्बन्धित देशका फुटबल संघले आफू खुसी खर्च गर्न पाउने छन् ।
यस्तै विश्वकप खेलेर समूह चरणबाटै बाहिरिएका १६ टिमले समान ८० लाख अमेरिकी डलर पाउने छन् । प्रिक्वाटर फाइनलबाट बाहिरिएका ८ टिमले भने ९०–९० लाख अमेरिकी डलर पाउने छन् । यस्तै क्वाटर फाइनलबाट बाहिरिएका ४ टिमले समान १ करोड ४० लाख पाएका छन् । यस्तै विश्वकपमा सहभागी ३२ वटै टिमले सुरुमा तयारी खर्च वापत १५–१५ लाख अमेरिकी डलर पाएका थिए । यो रकम सन् २०१० को तुलनामा तीन गुणा बढी हो ।
५७ करोड ६० लाख अमेरिकी डलर मध्येबाट फिफाले विश्वकपमा सहभागी भएका सबै ७ सय ३६ जना खेलाडी आवद्ध क्लवलाई पनि रकम दिएको छ । ४ वर्षअघिको विश्वकपमा क्लवका लागि ४ करोड अमेरिकी डलर छुटएको फिफाले यो विश्वकपमा भने क्लवका लागि ७ करोड अमेरिकी डलर छुट्याएको छ ।
कुन क्लवका कतिजना खेलाडी कति दिन विश्वकपमा व्यस्त भए त्यो अनुपातमा फिफाले क्लवहरुलाई रकम दिएको छ (एउटा क्लवले आफ्ना १ जना खेलाडीले विश्वकपमा व्यस्त भएको एक दिनको २८ सय अमेरिकी डलर पाउँछ । यो रकम क्लव र खेलाडीबीच बाँडिन्छ ।)
     क्लवहरुले पाएको रकमलाई पनि पुरस्कार रकममा जोड्दा फिफाले विश्वकपमा वितरण गर्ने रकम भने ५७ करोड ६० लाख हुन आएको हो । र यो सन् २०१० को विश्वकपको तुलनामा ३७ प्रतिशत बढी हो I 



No comments:

Post a Comment

Popular Posts