Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 8, 2014

Wednesday, July 2, 2014 नेदरल्याण्डले बिश्वकप जितेमा बिश्वकपमा सहभागी खेलाडीहरुले चन्द्रमाको भ्रमण गर्ने अवसर पाउने


  विश्वकप विजेता टोलीलाई राष्ट्रले नगद, घर घडेरी, अपार्टमेन्टलगायत पुरस्कार प्रदान गर्ने विषय नौलो होइन। नेदरल्यान्ड्सले भने विश्वकप उपाधि जितेका टोलीलाई नि:शुल्क चन्द्रमाको सयर गराउने घोषणा गरेको छ। 'डच एरोस्पेस इन्जिनियरिङ कम्पनी' ले नेदरल्यान्ड्सले विश्वकप जितेर स्वदेश फर्किएमा टोलीका खेलाडीलाई चन्द्रमाको भ्रमण गराउने जनाएको छ।
'हामीले हचुवाको भरमा चन्द्रमा पुर्याउने अफर गरेका होइनौं। अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेको नेदरल्यान्ड्सका खेलाडी यसपटक उपाधि जित्न सक्ने प्रदर्शन गरिरहेका छन्। विश्वकप ट्रफीलाई डच भूमिमा अवतरण गराउनासाथ टोलीका २३ जना खेलाडीलाई चन्द्रमा पुर्याउनेछौं', कम्पनीका इन्जिनियर रुइमटेभार्ट बेड्रिब्जले भने।



No comments:

Post a Comment

Popular Posts