Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

अहिलेको बिश्वकपमा हेर्नै पर्ने खेलहरु


हिजोदेखि विश्वकप २०१४ सुरु भएको छ र ब्राजिलविरुद्ध क्रोएसियाबीचको उद्घाटन खेलको नतिजा सबैको हातमा होला । यसपल्टको विश्वकपमा सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा राउन्ड रोबिनको आधारमा छ खेल हुनेछन् । यस्तोमा पहिलो चरणमा २४ खेल हुनेछन् र त्यसमा छुट्याउनै नहुने खेलहरू यी हुन्- 
स्पेन विरुद्ध नेदरल्यान्ड्स :-सन् २०१० को विश्वकप फाइनलमा भिडेका दुवै टिम यसपल्ट एकै समूहमा छन् र उनीहरूको खेलसँगै समूह 'बी' पनि सुरु हुनेछ । विश्वकपसँगै तीन ठूला उपाधिमाथि कब्जा गरेको स्पेनमा पुराना दिनकै दम छ अथवा रहेन, यो डचविरुद्धको खेलमा देखिनेछ । नेदरल्यान्ड्स त्यस्तो टिम हो, जसले तीन पल्ट फाइनल खेलेको छ, कहिल्यै जित्न सकेको छैन् । स्पष्ट छ, यो कमजोर टिम त पक्कै होइन् । 
कोलम्बियाविरुद्ध आइरीकोस्ट :-राडमल फाल्कोले नखेल्ने भएपछि केही हदसम्म कोलम्बिया कमजोर बनेको छ । तर पनि यो टिम दमदार छ भन्नेमा सबै सहमत छन् । आाइरीकोस्ट पनि केही कम छैन् । अपि|mकी टिममध्ये सर्वाधिक बलियो यो नै हो । जुन टिममा याया टुरे, डिडिएर ड्रोग्बा र सोलमन कोलु जस्ता खलाडी छन्, त्यसलाई पक्कै पनि कमजोर प्रतिद्वन्द्वी मान्न सकिने छैन् । इङ्ल्यान्डविरुद्ध इटाली :-
उरुग्वेविरुद्ध इङ्ल्यान्ड :-
इटालीविरुद्ध उरुग्वे :-

यी तीनै खेल हुन्, समूह 'डी' का । इटाली, उरुग्वे र इङ्ल्यान्ड तीनै टिम पूर्व विश्वकप विजेता हुन् । इटालीले चार, उरुग्वेले दुई तथा इङ्ल्यान्डले एक पल्ट गरेर समग्रमा उनीहरूले सात पल्ट विश्वकप जितेका छन् । त्यसैले यस समूहलाई 'ग्रुफ अफ डेथ' भनिएको । तीनै खेल उत्तिकै रोमाञ्चक, तनावपूर्ण र प्रतिस्पर्धात्मक हुनेछ । अन्त्यमा तीन टिममध्ये एक पहिलो चरणबाटै बाहिरिने छ र ठहरिने छ, सर्वाधिक अभाग्यशाली टिम ।
 फ्रान्सविरुद्ध होन्डुरस :-होन्डुरस खासै बलियो टिम होइन, प|mान्सले उसलाई हराउन गाह्रो हुने छैन् । तर यो खेल किन हेर्न लायक हुनेछ भने यस खेलबाट प|mान्सको परीक्षा हुनेछ । चार वर्ष अगाडि अनुशासनहीन खेल प्रदर्शन गर्दै प|mान्स दक्षिण अपि|mकामा पहिलो चरणबाटै बाहिरिएको थियो । त्यति बेला टिममा विद्रोह चलेको थियो । अब हेर्नु पर्ने हुन्छ, प|mान्सको अहिलेको टिम उस्तै छ कि फेरिएको छ । 
अर्जेन्टिना विरुद्ध बोस्निया :-सबैले भनिरहेका छन्, लियोनल मेसीको अर्जेन्टिना यसपल्ट ब्राजिलपछि विश्वकप जित्ने बलियो दावेदार हो । अर्जेन्टिनासँग आक्रमणमा मेसी मात्र छैन्, एगुरो, हिगुएन र डि मारिया पनि छ । अर्जेन्टिनी टिमको पहिलो परीक्षा हुनेछ, बोस्नियाको हातबाट । बोन्सिया त्यस्तो टिम हो, जसले यसपल्टको विश्वकपमा डेब्यु गर्दैछ । जर्मनी विरुद्ध पोर्चुगल :-पहिलो चरणको यो अर्को हाइप्रोफाइल खेल हो । पोर्चुगलसँग विश्वकै सर्वाधिक राम्रा खेलाडी छ, क्रिस्टियानो रोनाल्डो । अर्को अर्थमा पोर्चुगल उपाधिको दावेदार हो । जर्मनी पनि त उपाधिको दावेदार हो । ब्राजिलपछि विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन कसैको छ भने त्यो तथ्यांक जर्मनीनै नाममा छ । समूह 'जी' यिनै दुई टिम अगाडि जानेछन् । उनीहरू भिड्दा यो प्रतिष्ठा भन्दा माथिको खेल हुनेछ । 
बेल्जियम विरुद्ध रुस :-पछिल्ला केही विश्वकप संस्करणमा बेल्जियम छनोट पनि हुन सकेन् । यस पल्ट छनोट मात्र भएको छैन्, टिम नै दमदार छ । त्यसैले धेरैले यसपल्ट ब्राजिलमा कुनै टिम अविश्सनीय नतिजा ल्याउन सक्छ भने त्यो बेल्जियम हो भनेका छन् । समूह 'एच' मा बेल्जियमले रुसको सामना गर्दा त्यो खेलले समूह विजेता को हुने हो, त्यो तय गर्न सक्नेछ । 



No comments:

Post a Comment

Popular Posts