Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

बिश्वकपमा खेल्ने खेलाडी मध्ये सब भन्दा महँगा को ?


ब्राजिलमा बिहीबार सुरु हुने विश्व फुटबलको महाकुम्भमा विश्वका एक से एक उत्कृष्ट फुटबल खेलाडीहरु सहभागि हुँदैछन् । उनीहरु खेल कौशलमा त उत्कृष्ट छन् नै कमाइमा पनि निकै छ । खेलबापतको तलवका हिसाबले सबैभन्दा धेरै कमाउने फुटबलहरु यसप्रकार छन् : १. वाइने रुनी : बेलायती क्लब म्यानचेष्टर युनाइटेडको तर्फबाट खेल्ने इंग्ल्याण्ड स्टार वाइने रुनीको हप्ताको कमाइ ३ लाख पाउण्ड छन् । उनलाई हार्परक कोलिन्स, नाइक, इए स्पोर्टस् तथा कोकाकोला जस्ता विश्वप्रसिद्ध कम्पनीले प्रायोजन गरेका छन् । यो हिसाबले उनले एक सेकेण्डमा ५० पाउण्ड कमाउँछन् र समकालिन फुटबलरहरुमा सबैभन्दा धेरै कमाउने खेलाडीको रुपमा छन् । यद्यपिउनको यो कमाइ कर नकटाइकन कमाएको पैसाहो । २. लियोनेल मेस्सी : अर्जेन्टिनी स्टार मेस्सी स्पेनिस क्लब बार्सिलोनाका मुख्य खेलाडी हुन् । उनको साप्ताहिक कमाइ २ लाख ९२ हजार पाउण्ड छ । उनलाई एडिडास, टर्किस एयरलाइन्स, पेप्पीको, इए स्पोर्टस, जिलेट जस्ता कम्पनीले प्रायोजन गरेका छन् । ३.क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका फुटबल स्टार रोनाल्डोको साप्ताहिक कमाई २ लाख ८८ हजार पाउण्ड छ । रियाल म्याडि्रडका स्ट्राइकर रोनाल्डोलाई नाइक, कोकाकोला, कास्ट्रोल, मोटोरोला, केएफसी, फ्लाइ इमिरेट्स जस्ता कम्पनीले प्रायोजन गरेका छन् । ४. रोविनभानपर्सी : नेदरल्याण्डका रोविन भानपर्सी बेलायती क्लब म्यानचेष्टर युनाइटेसँग आबद्ध छन् । उनको साप्ताहिक आम्दानी अढाइ लाख पाउण्ड छ । उनलाई पनि नाइक, एडिडास, पेप्सी जस्ता कम्पनीले स्पोन्सर गरेका छन् । ५. याया टोरे : टोरे सबैभन्दा बढी कमाउने अपि|mकी फुटबलर हुन् । आइभरी कोष्टका टोर म्यानचेष्टर सिटीसँग पनि आबद्ध छन् र उनको साप्ताहिक आम्दानी २ लाख ३० हजार पाउण्ड छन् । ६. सर्जियो अगुइरो : अर्जेन्टिनी अगुइरोको साप्ताहिक आम्दानी २ लाख २० हजार पाउण्ड छ । उनी इंगलिस क्लब म्यानचेष्टर सिटीसँग आबद्ध छन् । ७. लुइस सुआरेज : कमाइको हिसाबले उरुग्वेका खेलाडी सुआरेज अगुइरोकै समकक्षमा छन् । लिभरपुलका स्टार सुआरेजको साप्ताहिक कमाइ २ लाख २० हजार पाउण्ड छ । ८. डेभिड सिल्भा : साप्ताहिक आम्दानी २ लाख पाउण्डका साथ स्पेनका सिल्भा आठौँ स्थानमा रहेका छन् । एडिडास कम्पनीले प्रायोजन गरेको छ, सिल्भालाई । उनी इंग्लिस क्लब सिटीसँग आबद्ध छन् । ९. इडेन हजार्ड : बेल्जियमका हजार्डको कमाइ माथि नै छ । चेल्सीका हजार्डले हप्तामा १ लाख ८५ हजार पाउण्ड कमाउँछन् । १०. फर्नाण्डो टोरेस : कमाइको हिसाबले चेल्सीका स्पेनिस स्टार टोरेस दशौँ स्थानमा छन् । ३० वर्षे टोरेसले एक हप्तामा १ लाख ७५ हजार पाउण्ड आम्दानी गर्छन् ।


No comments:

Post a Comment

Popular Posts