Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

बिश्वकप फुटबलको ईतिहास

विश्वकप फुटबल विश्वको सबैभन्दा महत्वपूर्ण खेल प्रतियोगिता मानिन्छ । फेडरेशन इन्टरनेशनल डि फुटबल एशोसिएसन (फिफा) को गठन १९०४ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो ।
सन् १९५० मा ब्राजिलको टोली । तस्वीर: एपी
सन् १९२० को दशकमा फिफा अध्यक्ष जुल्स रिमे र फ्रान्सका फुटबल प्रशासकहरुले विश्वकै उत्कृष्ट फुटबल टिमबारे निर्णय गर्ने विचारले १९२९ मा मुर्त रुप लियो । त्यसबेला फिफाले विश्वकप फुटबलको आयोजना गर्ने प्रस्ताव पारित ग¥यो ।
१९३० मा पहिलो विश्वकप फुटबल उरुग्वेमा आयोजना भएको थियो । युरोपका ४ देशसहित १३ देशका टोली सहभागी उक्त प्रतियोगिताको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो ।
१९३० देखि प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल दोस्रो विश्व युद्धका कारण सन् १९४२ र १९४६ मा आयोजना भएन ।
प्रत्येक चार वर्षमा विश्वकप फुटबल खेलिने भए पनि क्वालिफाइंग राउण्ड भने भइरहेको हुन्छ । सन् १९९८ देखि यो प्रतियोगितामा ३२ टिम सहभागी हुन थालेका हुन् ।
विश्वकै राम्रो मध्येको टिम ब्राजिलले अहिलेसम्म सबैभन्दा धेरै पाँच पटक विश्वकप फुटबलको उपाधि जितेको छ । इटलीले चार र जर्मनीले तीन पटक जितेका छन् ।

अहिलेसम्म जम्मा सात देशले मात्रै विश्वकप जित्न सकेका छन् । 

जसमध्ये ब्राजिल पाँच पटक (१९५८ स्विडेनमा, १९६२ चिली, १९७० मेक्सिको, १९९४ अमेरिका, २००२ जापान र कोरियामा)
इटलीले चार पटक (सन् १९३४ घरेलु मैदानमा, १९३८ फ्रान्समा, १९८२ स्पेनमा, २००६ जर्मनीमा )
जर्मनी तीन पटक (१९५४ स्विटजरल्याण्डमा, १९७४ घरेलु मैदानमा, १९९० मा घरेलु मैदानमा )
अर्जेन्टिना दुईपटक (१९७८ घरेलु मैदान, १९८६ मेक्सिको )
उरुग्वे दुई पटक (सन् १९३० मा घरेलु मैदानमा र १९५० मा ब्राजिलमा)
फ्रान्स ( सन् १९९८ मा घरेलु मैदानमा)
इंग्लयाण्ड (१९६६ घरेलु मैदानमा)
स्पेन (२०१० दक्षिण अफ्रिकामा)







No comments:

Post a Comment

Popular Posts