Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 1, 2014

जापानको टोक्योमा बहुचर्चित नेपाली चलचित्र "कबड्डी" को भब्य प्रदर्शन भयो |

टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा बिक्रम खत्री र अन्जु श्रेष्ठको आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न मौसम गडबडीको कारणले अपेक्षाकृत नआए पनि दर्शकको राम्रै उपस्थिति देखिन्थ्यो I चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो I हास्य प्रधान चलचित्र भएकोले चलचित्र अवधि भर हलमा हाँसोको गुन्जायमान चलिरह्यो र चलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टक्राउनु भयोI




जर्मनीका गोलमेसिन थोमस मुलर गोल्डेन बुट होइन बिश्वकप ट्रफी नै चाहन्छन

mullerererer   चार वर्षअघि गल्तीले डिएगो म्याराडोनाले जर्मनीका खेलाडी थोमस मुलरलाई बल-ब्वाई भनेर बोलाएका थिए । उनले दक्षिण अफ्रिकामा भएको त्यो विश्वकपमा गोल्डेन बुट नै जिते, ५ गोलसहित ३ गोलको सिर्जना गरिदिएर । जर्मनीले सोमबार अन्तिम १६ मा प्रतिस्पर्धा गर्दा उसको अघि अल्जेरिया हुनेछ । जर्मनीले उसलाई पन्छाए, क्वाटरफाइनलमा मराकाना रंगशालामा फ्रान्स वा नाइजेरियाको सामना गर्नेछ ।
'हाम्रो टिमको भावना र भाग्यका आधारमा हामीसँग ठूलो योजना छ । हामी धेरै अघि जान सक्छौं,' मुलरले भने । उनकै चार गोल मदतले जर्मनीले समूह 'जी' मा विजेताका रूपमा रह्यो । चौबीस वर्षीय मुलरले नौ विश्वकप खेलमा नौ गोल नै गरेका छन् । मुलर पछिल्लो पटक चार वर्षअघि म्याराडोनाले प्रशिक्षण गरेको अर्जेन्टिनालाई ४-० ले क्वाटरफाइनलमा हराउँदा हाँसेका थिए । बायर्न म्युनिकका यी स्टार गोल्डेन बुटका साथै उत्कृष्ट युवा खेलाडी पनि भएका थिए । चार वर्षपछि उनी फेरि गोल्डेन बुट पाउने तयारीमा छन् । एट्याकिङ मिडफिल्डर मुलरले बिहीबार अमेरिकाविरुद्ध १-० को जितमा गोल गरेका थिए ।
साथै उनले पोर्चुगलविरुद्ध ४-० को खेलमा ह्याटि्रक गरेका थिए । मुलर सन् २०१४ को गोल्डेन बुटको दाबेदारीमा ब्राजिलका नेयमर र अर्जेन्टिनाका लियोनल मेसीभन्दा अग्रपंक्तिमा छन् । सबैले समान ४ गोल गरेका छन् । मुलरले मारियो गोत्जेलाई गोलको अवसर पनि सिर्जना गरिदिएका थिए । त्यो खेलमा जर्मनीले घानासँग २-२ को बराबरी खेल्यो । उनलाई जर्मनीका म्याराडोना भने नभन्नु । 'कृपया, छैन,' मुलरले संवाददाताहरूलाई जवाफ दिए ।
नौ गोलले उनी प्रतियोगितामा बढी गोल गर्ने खेलाडीको सूचीमा आठौं स्थानमा छन् । मुलर अहिले जर्मनीलाई चौथो विश्वकप जिताउने अभियानमा छन् । 'म नौ गोल गर्न सफल भएँ । त्यो मेरा लागि राम्रो हो,' उनले जर्गेन क्लिन्सम्यानविरुद्धको अमेरिकालाई हराएपछि भने,'मलाई गोलको कीर्तिमानले कुनै आनन्द दिएको
छैन । मसँग यसअघि नै गोल्डेन बुट छ ।' उनले थपे,'म टिमलाई विश्व च्याम्पियन बनाउन चाहन्छु । मैले जित्न नसकेको कुरा त्यही हो ।'
उनले जर्मनकै मिरोस्लाभ क्लोज र ब्राजिलका लेजेन्ड रोनाल्डोको कीर्तिमानी १५ गोल तोड्न सक्छन् । तर उनले जर्मनीका लागि जसले गोल गरे पनि टिमले जिते हुने बताए । क्लोज रोनाल्डोको रेकर्ड तोड्न एक गोलले पछि छन् । क्लोजले घानाविरुद्ध २-२ को बराबरीमा गोल गर्दै रोनाल्डोको १५ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । 'उनी धेरै दौडिए र राम्रो खेले । आशा गरौं उनले धेरै गोल गरून् र गोल्डेन बुट घरमा लिएर जाउन,' क्लोजका बारेमा मुलरले भने । क्लोजले सन् २००६ को विश्वकपमा गोल्डेन बुट जितेका थिए ।





डीआईडी लिटिल मास्टर्स सिजन ३ की विजेता तेरिया फौजा मगरको नेपालमा भब्य स्वागत


  भारतीय टेलिभिजन जी टीबी बाट प्रशारण हुने  डान्स इण्डिया डान्समा स्टार बनेकी नेपाली छोरी तेरिया फौजा मगर काठमाडौं आएकी छन्। एयर इन्डिया एयरलाइन्सबाट साढे दुई बजे काठमाडौं आएकी तेरियालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न फ्यानहरुकाे ठूलो भीड लागेको थियो।
तेरिया आउने सूचना पाएपछि बिहानदेखि नै तेरियाका फ्यानहरु विमानस्थल पुगेका थिए। तेरियालाई शनिबार राजधानीमा भव्य सम्मान हुँदैछ। राष्ट्रियसभा गृहमा अपरान्ह साढे तीन बजे तेरियालाई नागरिक सम्मान प्रदान गर्ने कार्यक्रम छ। तेरियाको सम्मान तथा स्वागतका लागि राष्ट्रियसभा गृहमा उनका फ्यानहरुको ठूलाे भीड लागेको छ। विभिन्न समाजिक तथा नागरिक संस्थाहरुको तर्फबाट तेरियालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी आयोजक पक्षले दिएको छ।
 डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ की विजेता तेरिया विभिन्न संघसंस्थाको निम्तामा शनिबार काठमाडौं आएकी हुन्। १२ वर्षीया नेपाली बालिका तेरिया फैजा मगर भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ को उपाधि चुमेकी थिइन। गत असार ७ गते शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी थिइन।
विगत पाँच महिनादेखि भारतको मुम्बइमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन।डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।





जारी बिश्वकपको प्रिक्वाटर फाईनल खेलहरु

  ब्राजिल विश्वकपको समूह चरण सकिएसँगै प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्दैछ । पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह ‘ए’ को विजेता हो ।
त्यसैगरी अहिलेसम्म उपाधिको स्वाद लिन नपाएको चिली समूह ‘बी’
को उपविजेता हो । युवा खेलाडी नेमारको चमत्कारले टिकेको ब्राजिलले घरेलु मैदानको फाइदा उठाउने छ । खेल शनिबार राति पौने १० बजे हुनेछ ।
त्यसैगरी आइतबार बिहान पौने २ बजे कोलम्बिया र उरुग्वे भिड्दै छन् । कोलम्बिया समूह ‘सी’ को विजेता हो भने उरुग्वे समूह डी को उपविजेता हो । अहिलेसम्म विश्वकपमा त्यस्तो चमत्कार देखाउन नसकेको कोलम्बिया यसपटक सत्प्रतिशत नतिजा निकाल्दै अगाडि बढेको छ । दुई पटकको विश्वकप विजेता उरुग्वेले गु्रप अफ डेथ पार गर्दै नक आउट चरणमा ठाउँ बनाएको हो ।
आइतबार राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्ड्सको भिडन्त समूह ‘ए’ को उपविजेता मेक्सिकोसँग हुनेछ । साविक विश्वकप विजेता स्पेन समूह चरणबाटै बाहिरिएपछि उपविजेता नेदरल्याण्ड्स प्रमुख दावेदारमा उभिएको छ । मेक्सिकोले अर्को उपाधि दावेदार आयोजक ब्राजिलसँग सशक्त खेलेसंगै अझै अगाडि बढ्न सक्ने आशालाई जिवित पारेको छ ।
सोमबार बिहान पौने २ बजे कोष्टारिका र ग्रीस भिड्दै छन् । समूह डी बाट अपराजित रहेर शीर्ष स्थानमा रहँदै कोष्टारिकाले नक आउट चरणमा ठाउँ बनाएको हो । अप्रत्याशित परिणाम ल्याएको कोष्टारिकाले पूर्व विजेताहरु ईटाली र उरुग्वेलाई हराउँदा इङ्गल्याण्डसँग बराबरी गरेको थियो ।
इतिहासको हिसाबले जारी विश्वकपकै सर्वाधिक सफल टिम मानिएको कोष्टारिका ग्रीसमाथिसमेत हावी हुने अनुमान फुटबल पण्डितहरुको छ । समूह ‘सी’ को उपविजेता ग्रीसले खासै उल्लेखनीय खेल प्रस्तुत गर्न नसके पनि एक जित, एक बराबरी र एक पराजय भोगेको थियो ।
सोमबार राति पौने १० बजे फ्रान्स र नाइजेरिया भिड्दै छन् । फ्रान्स समूह ईको विजेता हो भने नाइजेरिया समूह एफ्को उपविजेता हो । फ्रान्सको समूहमा उल्लेखनीय प्रदर्शन गर्ने टिम नहुँदा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको हो ।
नाइजेरियाले संयमित खेल खेलिरहँदा स्टार खेलाडीहरुले भरिएको फ्रान्सलाई टाउको दुखाई हुनसक्छ । तर विश्वकपको इतिहास हेर्ने हो भने पूर्व विजेता फ्रान्स बलियो मानिन्छ । मंगलबार बिहान पौने २ बजे जर्मनी र अल्जेरिया भिड्ने छ ।
तीन पटकको विश्वकप विजेता जर्मनी समूह जीको विजेता हो भने विश्वकपमा खासै प्रभाव जमाउन नसकेको अल्जेरिया समूह एच्को उपविजेता हो । स्टारहरुले भरिएको उपाधि दावेदार जर्मनी यो खेलमा हावी हुनसक्ने अनुमान गरिएको छ । जर्मनीका लागि कीर्तिमान रच्न आतुर दुई खेलाडी मूख्य निशानामा छन् ।
मिरोस्लाभ क्लोजले एक गोलमात्र गर्न सके सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफूलाई पार्नेछन् । त्यसैगरी जारी विश्वकपको पहिलो ह्याट्रिक गर्न सफल थोमस मुलर पनि धेरै गोल गर्ने खेलाडीको दावेदारी दिन चाहन्छन् ।
मंगलबार राति पौने १० बजे अर्जेन्टिनाले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह एफ्को विजेता बन्ने क्रममा अर्जेन्टिनाले सत्प्रतिशत नतिजा निकालेको छ । समूहमा खासै कडा टक्कर दिने टिम नहुँदासमेत खुलेर खेल्न नसकेको अर्जेन्टिनाका लागि लिओनल मेसीमात्र त्यस्ता खेलाडी बनेका छन् जसले हरेक खेलमा गोल गरेका छन् ।
समूहका तीन खेलमा चार गोल गरिसकेका मेसीकै भरोसामा टिकेको पूर्व विजेता अर्जेन्टिना समूह ई को उपविजेता स्वीट्जरल्याण्ड सामु हावी हुने देखिएको छ । तर समूहका इक्वेडर र होन्डुरसमाथि उत्कृष्ट प्रदर्शन गरेको स्वीट्जरल्याण्ड पनि सहजै अर्जेन्टिनालाई खेल सुम्पने पक्षमा देखिएको छैन ।
बुधबार बिहान पौने २ बजेको अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता बेल्जियम र समूह ‘जी’ को उपविजेता अमेरिका भिड्ने छन् । समूह चरणमा सत्प्रतिशत नतिजा निकालेको बेल्जियमले उत्कृष्ट खेल पस्किन सकेको छैन ।
तीन खेलमा चार गोल गरेको बेल्जियमले एक गोलमात्र खाएकाले पनि समूह चरणमा गोल गर र रोक भन्ने रणनीति बनाएको हुनसक्छ । अमेरिका पनि अनुभवी घानालाई हराउँदा पोर्चुगलसंग बराबरी गरेको टिम भएकाले प्रिक्वार्टरफाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।




Popular Posts