Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

विश्‍वकपमा पाँच नयाँ प्रविधि जडान


विश्वकप फुटबलमा प्रविधिको व्यापक प्रयोग हुँदै आएको छ। विश्वकपको इतिहासमा ब्राजिलमा पहिलोपटक 'गोल लाइन' प्रविधिको पनि प्रयोग हुने भएको छ। विभिन्न वेभसाइटले खेलाडी, समर्थक र निर्णायकलाई सहयोग पुग्ने पाँच प्रविधि सार्वजनिक गरेका छन्।
   फुटबलमा विशेष गरी फ्री किक हान्दा खेलाडीले रेफ्रीको आँखा छल्न विभिन्न उपाय अपनाउने गर्छन्। ब्राजिल विश्वकपमा यसबाट मुक्ति पाउन रेफ्रीले आफूसँग एक प्रकारको स्प्रे राख्नेछन्। जसलाई 'भेनेसिङ फोम' भन्ने गरिएको छ। अस्ट्रेलियाका रेफ्री बेन विलियम्सले फोमले रेफ्रीलाई निकै सहयोग पुग्ने बताए।
अर्को प्रविधि हो 'दि ट्विटर वाल'। यो प्रविधिको प्रयोग जर्मनीको टिमले सुर गरेको छ। ब्राजिलको 'टिम बे' होटलमा राखिएको उक्त प्रविधिका आधारमा समर्थकले टिमको हौसला बढाउन फोटो र सन्देश पठाउन सक्छन्। उरुग्वेको टिमका खेलाडीसँग सम्पर्क गर्नका लागि 'ह्वाट्स एप' को प्रयोग गरिरहेको छ। स्ट्राइकर एडिन्सन काभानीले विश्वकपको खेल तालिका सार्वजनिक भएदेखि नै यो प्रविधि प्रयोग गर्दै आएको बताए।
विश्वकपको यो संस्करण अल्ट्रा हाई डेफिनेसन (युएचडी) टेलिभिजन मार्फत प्रसारण हुँदै छ। जसको 'रिज्योल्युसन' हाई डेफिनेसन टेलिभिजनको तुलनामा चार गुणा राम्रो हुन्छ। फुटबलको यो महाकुम्भलाई युएचडीको परीक्षणका रूपमा समेत हेरिएको छ।यसैगरी इङल्यान्डका खेलाडीले भने आइप्याडलाई आफ्नो हतियार बनाएका छन्। उनीहरूले आफ्नो कमजोरी र विशेषता आइप्याडबाट हेर्ने गरेका छन्।-एजेन्सी




बिश्वकप २०१४ब्राजिल:- कसले लैजाला कप?


फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकप प्रतियोगिता आजबाट शुरु हुने भएको छ। प्रत्यक ४-४ बर्षमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता यसपाली दक्षीण अमेरिकी मुलुक ब्राजिलमा हुनेछ। यो उक्त प्रतियोगिताको २०औं संस्करण हो।
ब्राजिल सम्पुर्ण तयारी पुरा भैसकेको र उद्घाटनकालागि तयार भएको जानकारि फिफाले गराएको छ। उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएशिया भिड्ने छन्। ब्राजिल लगायत क्रोएशिया, मेक्सिको र क्यामरुन समुह ‘ए’मा रहेकाछन्। त्यसैगरि समुह ‘बी’मा स्पेन, नेदरल्याण्ड, चिली र अष्ट्रेलिया समुह ‘सी’मा जापान, आईभरी कोष्ट, ग्रीस र कोलम्बिया समुह ‘डी’मा ईङल्याण्ड, ईटाली, उरुग्वे र कोस्टारिका समुह ‘ई’मा स्विजरल्याण्ड, होन्डुरस, ईक्वेडर र फ्रान्स समुह ‘एफ’मा ईरान, नाईजेरिया, बोस्निया-हर्जगोविना र अर्जेन्टिना समुह ‘जी’मा पोर्चुगल, घाना, जर्मनी र अमेरिका र समुह ‘एच’मा बेल्जियम, रुस, दक्षिण कोरिया र अल्जेरिया रहेका छन्।
सहभागी ३२ टिममा सबै बलिया मानिएका छन्। विश्वकप बिजेता बन्ने होडमा रहेका टोलीहरुमा अगाडी आउने केहि नामहरुमा ब्राजिल, अर्जेन्टिना, स्पेन, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी आदि रहेका छन्। हुनत: पुरानो ईतिहास हेर्ने हो भने दक्षिण अमेरिकामा भएको कुनै पनि विश्वकप उक्त महादेश भन्दा बाहिरका टोलीले जितेका छैनन्। अहिले पनि उक्त परम्परा कायम रहे ब्राजिल वा अर्जेन्टिना बिजयी हुने अडकल काट्न गाह्रो छैन्। दक्षिण अमेरिकाका उरुग्वे र चीली पनि राम्रा टोलीका रुपमा परिचित छन् र उरुग्वे २ पटकको विश्व बिजेता पनि रहेको छ।
के अब नयाँ ईतिहास कोरिएला वा पुरानै परम्परा कायम रहला ? यो प्रश्नको सहि  उत्तरका लागि एक महिना कुर्नु पर्ने हुन्छ।  सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपमा आयोजक उरुग्वे बिजयी भऐको थियो। सन् १९५०मा ब्राजिलले आयोजना गरेको विश्वकपमा पनि उरुग्वे नै बिजयी भएको थियो। त्यसैगरि सन् १९६२मा चिलीले आयोजना गरेको विश्वकपमा ब्राजिल बिजयी भएको थियो भने सन् १९७८मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकपमा आयोजक अर्जेन्टिनानै बिजयी भको थियो।
अहिलेसम्म दक्षिण अमेरिकाले आयोजना गरेको ४ वटा विश्वकपमा उक्त महादेशकै देशहरु बिजयी भएको ईतिहास हेर्दा पनि दक्षिण अमेरिकामा अरु महादेशका देशहरुलाई गाह्रो पर्ने देखिन्छ। हुनत: रेकर्डहरु तोड्नकैलागि बनेका हुन्छन भन्ने हो भने के यसपाली नयाँ ईतिहास रचिन्छ त ? फेरि पनि उतर समयको गर्भमा नै रहेको छ।
अडकल काट्नेहरुमा धेरै पुर्व फुटबल खेलाडिहरुले ब्राजिल र अर्जेन्टिनाको नाम लिईरहेकाछन यसपालीको विश्वबिजेताको रुपमा। के ब्राजिलले आफ्नो घरको फाईदा उठाउन सक्छ वा आफ्नो घरमा खेलिएको प्रेसरले थिच्नेछ ? के अर्जेन्टिना सन् १९८६ पछि सेमिफाईनल पुग्ननसकेको आफ्नै रेक्रड तोड्न सफल होला ? हुनत: मेशीले ब्राजिल ओर्लने बित्तिकै भनिसकेकाछन् ‘हामीले यसभन्दा अगाडी जे गल्ती गर्यो त्यसबाट पाठ सिकिसकेकाछऔ र यसपाली हामी राम्रो खेल्ने छौं ।’
उता ब्राजिल फुटबललाई संस्कृतीका रुपमा लिने गरेको छ र यसपालि ब्राजिलका समर्थकहरु जित भन्दा तल कुनै पनि कुरामा खुशी हुने छैनन् भन्ने हेक्का ब्राजिलियन टोलीलाई रहेको छ। उक्त कुराको प्रेसर कति पर्ने छ ब्राजिलियन टोली माथि वा उल्ले उक्त प्रेसर कसरी सम्हाल्ने छ ? यो नै निर्णायक हुनेछ।
युरोपका टोलिहरु पनि कागजमा राम्रा देखिएका छन्। जहिले राम्रो खेल्ने जर्मन पनि यो पल्टको दावेदार रहेको छ। के स्पेनले आफ्नो पुरानो लय कायमै राख्ला ? पोर्चुगल पनि प्रेसरमा हुनेछ उसकालागि रोनाल्डोले कप दिलाउँछन भन्ने पोर्चुगलका समर्थकहरुको ठूलो आश रहेको छ।
हुनत: खेल हो ९० मिनेट कल्ले राम्रो खेल्छ उल्ले जित्ने हो खेल भनेको तरपनि राम्रा टोलीहरुले राम्रो खेल खेल्नेछन र केहि नयाँ किर्तिमानहरु यसपाली देख्न पाईने छ भनेर पुरा विश्वको आँखा अब १ महिनाकालागि ब्राजिलमा हुनेछ। हेरौ यो विश्वकपले सम्झनलायकका कति उपहारहरु दर्शक-समर्थकहरुलाई दिनेछ त्यो समयले नै बताउनेछ।




बिश्वकपमा खेल्ने खेलाडी मध्ये सब भन्दा महँगा को ?


ब्राजिलमा बिहीबार सुरु हुने विश्व फुटबलको महाकुम्भमा विश्वका एक से एक उत्कृष्ट फुटबल खेलाडीहरु सहभागि हुँदैछन् । उनीहरु खेल कौशलमा त उत्कृष्ट छन् नै कमाइमा पनि निकै छ । खेलबापतको तलवका हिसाबले सबैभन्दा धेरै कमाउने फुटबलहरु यसप्रकार छन् : १. वाइने रुनी : बेलायती क्लब म्यानचेष्टर युनाइटेडको तर्फबाट खेल्ने इंग्ल्याण्ड स्टार वाइने रुनीको हप्ताको कमाइ ३ लाख पाउण्ड छन् । उनलाई हार्परक कोलिन्स, नाइक, इए स्पोर्टस् तथा कोकाकोला जस्ता विश्वप्रसिद्ध कम्पनीले प्रायोजन गरेका छन् । यो हिसाबले उनले एक सेकेण्डमा ५० पाउण्ड कमाउँछन् र समकालिन फुटबलरहरुमा सबैभन्दा धेरै कमाउने खेलाडीको रुपमा छन् । यद्यपिउनको यो कमाइ कर नकटाइकन कमाएको पैसाहो । २. लियोनेल मेस्सी : अर्जेन्टिनी स्टार मेस्सी स्पेनिस क्लब बार्सिलोनाका मुख्य खेलाडी हुन् । उनको साप्ताहिक कमाइ २ लाख ९२ हजार पाउण्ड छ । उनलाई एडिडास, टर्किस एयरलाइन्स, पेप्पीको, इए स्पोर्टस, जिलेट जस्ता कम्पनीले प्रायोजन गरेका छन् । ३.क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका फुटबल स्टार रोनाल्डोको साप्ताहिक कमाई २ लाख ८८ हजार पाउण्ड छ । रियाल म्याडि्रडका स्ट्राइकर रोनाल्डोलाई नाइक, कोकाकोला, कास्ट्रोल, मोटोरोला, केएफसी, फ्लाइ इमिरेट्स जस्ता कम्पनीले प्रायोजन गरेका छन् । ४. रोविनभानपर्सी : नेदरल्याण्डका रोविन भानपर्सी बेलायती क्लब म्यानचेष्टर युनाइटेसँग आबद्ध छन् । उनको साप्ताहिक आम्दानी अढाइ लाख पाउण्ड छ । उनलाई पनि नाइक, एडिडास, पेप्सी जस्ता कम्पनीले स्पोन्सर गरेका छन् । ५. याया टोरे : टोरे सबैभन्दा बढी कमाउने अपि|mकी फुटबलर हुन् । आइभरी कोष्टका टोर म्यानचेष्टर सिटीसँग पनि आबद्ध छन् र उनको साप्ताहिक आम्दानी २ लाख ३० हजार पाउण्ड छन् । ६. सर्जियो अगुइरो : अर्जेन्टिनी अगुइरोको साप्ताहिक आम्दानी २ लाख २० हजार पाउण्ड छ । उनी इंगलिस क्लब म्यानचेष्टर सिटीसँग आबद्ध छन् । ७. लुइस सुआरेज : कमाइको हिसाबले उरुग्वेका खेलाडी सुआरेज अगुइरोकै समकक्षमा छन् । लिभरपुलका स्टार सुआरेजको साप्ताहिक कमाइ २ लाख २० हजार पाउण्ड छ । ८. डेभिड सिल्भा : साप्ताहिक आम्दानी २ लाख पाउण्डका साथ स्पेनका सिल्भा आठौँ स्थानमा रहेका छन् । एडिडास कम्पनीले प्रायोजन गरेको छ, सिल्भालाई । उनी इंग्लिस क्लब सिटीसँग आबद्ध छन् । ९. इडेन हजार्ड : बेल्जियमका हजार्डको कमाइ माथि नै छ । चेल्सीका हजार्डले हप्तामा १ लाख ८५ हजार पाउण्ड कमाउँछन् । १०. फर्नाण्डो टोरेस : कमाइको हिसाबले चेल्सीका स्पेनिस स्टार टोरेस दशौँ स्थानमा छन् । ३० वर्षे टोरेसले एक हप्तामा १ लाख ७५ हजार पाउण्ड आम्दानी गर्छन् ।


फुटबलको महामेला सुरु:-बिश्वकप फुटबल २०१४


   विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा बिहीबार राति औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।
ब्राजिलमा दोस्रोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप आयोजना गरेको थियो।

पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता स्पेन, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र जर्मनीलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि रियो दे जेनेरियोस्थित स्टेडियो डो माराकानाबाट बिदा लिनेछ।

रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले विश्वव्यापी आलोचना बेहोरेको ब्राजिलका राष्ट्रपति डिल्मा रौसेफले देश विश्वकप आयोजना गर्न पूर्ण तयार भइसकेको घोषणा गरेकी छन्। केही साताअघिसम्म पनि रंगशाला निर्माणधरि नसकिएको भन्दै फिफाले कामको गति बढाउन आयोजकलाई दबाब दिएको थियो। गत वर्ष अन्तरमहादेशीय कप आयोजनादेखि नै विश्वकपका लागि अर्बौं डलर खर्च गरेर ब्राजिलले शिक्षा, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक क्षेत्रमा लगानी कटौती गरेको विरोधमा दसौं लाख जनता विश्वकप आयोजनाविरुद्ध् आन्दोलित छन्। ब्राजिलले विश्वकप आयोजनामा ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।

राष्ट्रपति रौसेफले मंगलबार राति पत्रकारसँग ब्राजिलले सबै चुनौती विश्वकपअघि नै पन्छाइसकेको बताइन्। उनले रियोस्थित क्राइस्ट दी रेडेमिर सालिकझैं ब्राजिलले खुला अँगालोसाथ विश्वभरका फुटबल समर्थकलाई विश्वकपमा स्वागत गर्ने बताइन्।

'सके उपाधि घरमै राख्नुपर्छ, तैपनि विश्वकप आयोजना गर्नु पनि मैदान उत्रनुजस्तै हो। हरेक चरणमा हामी आयोजनाका चुनौती भोगिरहेका हुन्छौं, मैदानमा खेलाडीले जस्तै। त्यसैले सफलतापूर्वक आयोजना गर्न सक्नु पनि उपाधि जित्नुजस्तै हो।'

आयोजनाका लागि अर्बौं डलर खर्च गरे पनि त्यहाँको पर्यटन व्यवसाय फस्टाउन, लगानी बढाउन र विश्वकपकै कारण खलबलिएको सामाजिक एकता यही प्रतियोगिताबाट कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

सन् २००७ को अक्टोबरमा आयोजनाको जिम्मा पाएयता ब्राजिलको अवस्थामा धेरै प्रश्न उठेका थिए। लगातारका आन्दोलन र विवादले निर्माणमा ढिलाइ हुँदा ब्राजिलमाथिको प्रश्न थप जटिल बनेको थियो। अन्तिम समयमा भने निर्माणका सबै काम जसोतसो पूरा गरेर ब्राजिल विश्वकपका लागि तयार भएको छ।
माराकाना, एरिना कोरिन्थियन्स, स्टेडियो नेसनललगायत १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन्। विश्वकप हुने १२ मध्ये सात रंगशाला नयाँ हुन्। पाँच रंगशाला भने मर्मतसम्भार गरेर विश्वकपलाई तयार गरिएको थियो।
प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर विश्वकपका खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ। विश्वकपका लागि ६ लाख विदेशी पर्यटकले भ्रमण गर्ने र देशले २ करोड ५० लाख डलर आम्दानी गर्ने ब्राजिली पर्यटन प्रशासनले आशा गरेको छ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आउँदो एक महिना विश्वकपका माध्यमबाट फुटबलले सम्पूर्ण विश्वलाई एकताको सूत्रमा गाँस्ने बताएका छन्। 'विश्वभर यो खेललाई माया गर्नेको संख्या अरुभन्दा बढी छ। ब्राजिलमा आउँदो एक महिना इतिहासकै भव्य विश्वकप हुनेमा म विश्वस्त छु। हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्छ। यो ब्राजिलका लागिमात्र नभई पूरा विश्वका लागि एउटा स्मरणीय विश्वकप हुनेछ,' फिफा कंग्रेस सुरु हुनुअघि ब्लाटरले मंगलबार भनेका थिए।
ब्लाटरले यस्तो बताइरहे पनि एक वर्षअघिदेखि आन्दोलित ब्राजिलमा विदेशी समर्थक र टिमको सुरक्षासँगै चुस्त यातायात व्यवस्था मुख्य चुनौतीका रुपमा तेर्सिएको छ। तथापि ब्राजिलले विश्वकप खेल्न, हेर्न वा यही समयमा घुम्न आउने पाहुनाको सुरक्षा र सुविधाका लागि सबैखाले व्यवस्था मिलाउने बाचा गरेको छ। स्वयं राष्ट्रपति रौसेफले देशका सबै सहरका सुरक्षा प्रमुखहरूलाई कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिइसकेकी छन्।
   ब्राजिल र क्रोएसियाबीच 
उद्घाटन खेल बिहीबार नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। खेलअघि चल्ने २५ मिनेटको उद्घाटन समारोहमा पप सुपरस्टार जेनिफर लोपेज, र्यासपर पिटबुल र ब्राजिली गायिका क्लाउडिया लेइटेसँगै ६ सय जिम्न्यास्ट, मार्सल आर्टिस्टलगायत कलाकारको प्रस्तुति रहनेछ। अमेरिकी पप सुपरस्टार जेनिफर लोपेजसहित पिटबुल र लेइटेले गाएको विश्वकपको आधिकारिक गीत (वी आर वान) उद्घाटन समारोहको मुख्य आकर्षण हुनेछ। फिफाले आइतबार लोपेज उद्घाटन समारोहमा उपस्थित नहुने बताए पनि मंगलबार उनी उपलब्ध हुने जनाएको छ।




Popular Posts